बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित « Khabarhub

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता बनेका छन् ।

सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमा संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए ।

त्यसपछि केन्द्रीय समितिले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा पक्का गर्दै दलको नेतामा सर्वसम्मत स्वीकारेको हो ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेतामा स्वीकारेको छ। उक्त संयुक्त बैठकले बालेन्द्रलाई संसदीय दलको नेतामा चयन गरेपछि शुक्रबार प्रधानमन्त्रीको शपथ लिनेछन् ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा केन्द्रीय समितिको बैठक बसेको थियो।

सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय सदस्यहरूले एकमतले अनुमोदन गरेसँगै अब संसद्‌ र सरकार दुवैतिर रास्वपाको नेतृत्व बालेन्द्रले गर्नेछन् ।










प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : ५९ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका