आजदेखि कतारमा श्रमिकको न्यूनतम पारिश्रमिक लागू, नेपाली कामदार पनि लाभान्वित हुने « Khabarhub

आजदेखि कतारमा श्रमिकको न्यूनतम पारिश्रमिक लागू, नेपाली कामदार पनि लाभान्वित हुने



दोहा– कतारमा आजदेखि श्रमिकको न्यूनतम पारिश्रमिक लागू भएको छ । श्रमिकका लागि यसअघि तोकेको मासिक न्यूनतम १ हजार कतारी रियाल आजदेखि लागू भएको हो ।

कतारमा सबै देशका कामदारलाई बिना भेदभाव न्युनतम पारिश्रमिक १ हजार रियाल, खानाको ३ सय रियाल र आवास ५ सय रियाल दिने कतार सरकारको निर्णय आज अर्थात मार्च २० मार्च तारिखदेखि नै अनिवार्य लागू हुने आईएलओद्वारा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

न्यूनतम ज्याला घरेलु कामदारलगायत सबै क्षेत्रका सबै कामदारलाई लागू हुने जनाएको छ । हालको श्रम कानूनमा संशोधन गरेर कतारले नयाँ व्यवस्था लागू गरेको हो।

४ लाखभन्दा बढी कामदार वा निजी क्षेत्रको २० प्रतिशतले नयाँ कानूनबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् । कतारको आईएलओ प्रोजेक्ट अफिसका म्याक्स ट्युनले भने, ‘यो ज्याला वृद्धिले श्रमिकका देशका परिवारका सदस्यको ठूलो संख्यामा जीवन सुधार गर्नेछ जुन हरेक महिना पठाइएको रेमिट्यान्समा निर्भर छन्।’

न्यूनतम ज्यालाको अनुपालन सुनिश्चित गर्न यहाँको सरकारले उल्लंघनको पहिचान बढाउँदै छिटो दण्ड लगाउने र श्रम निरीक्षकहरूको क्षमता अभिवृद्धि गर्ने काम गरिरहेको आईएलओले जनाएको छ ।

कतार सरकार र आईएलओले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू र अर्थव्यवस्थाका विभिन्न क्षेत्रका कामदारहरू र रोजगारदातासँग परामर्श गरेर गरेको विस्तृत विश्लेषणपछि न्यूनतम ज्याला कानून लागू गरिएको जनाएको छ ।

यस कानुनले न्यूनतम ज्याला आयोगको स्थापना पनि गरेको र जसले न्यूनतम ज्यालाको प्रभाव र प्रयोगको समीक्षा गर्नेछ भने विभिन्न सरकारी निकाय, विज्ञ, मजदुर र रोजगारदातासँग परामर्श गरेर समायोजन प्रस्ताव गर्ने समेत आईएलओले जनाएको छ ।

यो कानूनले काफला वा प्रायोजन प्रणालीको विघटन सहित अन्य प्रमुख सुधारहरू अनुसरण गर्दछ। विशेष रूपमा, कामदारहरूले अब देश छोड्नको लागि एक्जिट अनुमति प्राप्त गर्न आवश्यक पर्दैन, वा रोजगार परिवर्तन गर्न कुनै एनओसी पनि चाहिदैन् । यी उपायहरूले कतारलाई विश्वव्यापी प्रतिभा र लगानीको लागि अझ आकर्षक गन्तव्य बनाउने जनाएको छ ।

गत वर्ष अपनाईएको कानूनले रोजगारदाताहरूलाई नयाँ न्यूनतम थ्रेसहोल्डको लागि तयारी गर्न ६ महिनाको अवधि प्रदान गरेको थियो । नेपाली श्रमिकको प्रमुख गन्तब्य मुलुक कतार सरकारको यो निर्णयबाट नेपाली श्रमिकहरुलाई फाइदा हुनेछ।

कतार ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् । कफाला सिस्टम अन्त्य गर्ने र न्युनतम पारिश्रमिकलाई यसरी कडाइका साथ लागू गर्ने मध्यपुर्बमा कतार पहिलो मुलुक हो ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १२ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज