स्पाइजेट बोइङमा सोनूको पोस्टर « Khabarhub

स्पाइजेट बोइङमा सोनूको पोस्टर


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सोनू सुदले अब एक नयाँ ‘उडान’ सुरु गरेका छन् । गत वर्ष कोरोना महामारीमा लाखौं मजदुर र बेवारिसे मानिसलाई बस, ट्रेन र हवाइजहाजबाट घर सित्तैमा पुर्‍याइदिएका यी अभिनेता त्यसपछि देश विदेशमा लोकप्रिय भए ।

यिनै सोनूको यो सराहनीय कार्यका लागि एक देशी हवाई कम्पनीले अनौठो ढंगले उनको सम्मान गरेको छ ।

घरेलु उड्डयन कम्पनी स्पाइस जेटले सोनुप्रति सम्मान व्यक्त गर्दै आफ्नो कम्पनी स्पाइजेट बोइंग ७३७ मा उनको ठूलो तस्वीर राखेको छ ।

तस्वीरसँगै सोनुका लागि अंग्रेजीमा ‘ए सेल्यूट टू द सेविअर सोनू सूद’ अर्थात् ‘मसीहा सोनू सूदको सलाम’ लेखिएको छ ।

एबीपी न्यूजमा प्रकाशित समाचारअनुसार आफू प्रति स्पाइस जेटले गरेको सम्मान प्रति खुशी व्यक्त गरेका छन् ।

‘यो मेरो लागि ठूलो सम्मान हो । यसले मलाई पुरानो कुराको याद दिलायो । जब म पहिलोपटक मुम्बई आएँ, त्यो बेला म एक अनारक्षित टिकटले यहाँ आइपुगेको थिएँ । अहिलेको सम्मानको खुशी म बताउनै सक्दिनँ’, सोनूले भनेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ३ : २५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग