श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु « Khabarhub

श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलङ्काको पासारामा बस दुर्घटनामा पर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार राजधानी कोलम्बोबाट करिब ३ सय ५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस शनिबार भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको हो । बसमा यात्रारत ३० व्यक्ति गम्भीर घाइते भएका छन् ।

घाइते यात्रुका अनुसार चालकको लापर्बाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान शु्रू गरेको छ भने घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापर्बाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् । – रासस/सिन्ह्वा

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : ३० बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’