मंगलग्रहमा हेलिकप्टर उडानको सफल परीक्षण : नासा « Khabarhub

मंगलग्रहमा हेलिकप्टर उडानको सफल परीक्षण : नासा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर उडानको सफल परीक्षण गरेको छ ।

इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको नासाले जनाएको छ । नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ ।

उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्‍याएको हो। पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो ।

क्यालिफोर्नियाको पासाडेना स्थित नासाको जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रहेकी इन्जेनुएटीकी प्रोजेक्ट म्यानेजर मिमी आङ्गले भनिन्, ‘अब हामीले भन्न सक्छौँ कि मानिसले अर्को ग्रहमा विमान उडायो ।’

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : १० बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले