अमेजन फायर टिभीमा सिनेमाघर एप « Khabarhub

अमेजन फायर टिभीमा सिनेमाघर एप


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना महामारीपछि नेपालमा सुरु भएको डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ एप अब अमेजन फायर टिभीमा पनि उपलब्ध हुने भएको छ ।

अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समूहले सुरु गरेको यो प्लेटफर्ममा ५ सय तिरेर वर्षभरी नेपाली फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने सुविधा छ ।

अमेजन फायर टिभीमा विश्वभरको ५ करोडभन्दा बढी डिभाइस रहेको छ । ‘अमेजन फायर टिभी’ को जति पनि स्मार्ट डिभाइसहरु छन्, त्यसमा अब ‘सिनेमाघर’ चल्नेछ । जसले गर्दा ठूलो स्क्रीनमा फिल्म हेर्न सजिलो हुनेछ । यसबाट हाम्रो ग्राहक बढ्नेमा पनि विश्वस्त छौं ।’ सञ्चालक खरेल भन्छन् ।

भारतसँगै अमेरिका, यूरोप, अष्ट्रेलिया लगायतका देशमा निकै पपुलर रहेको अमेजनको फायर डिभाइसमा नेपालका थोरै मात्र एप्लिकेशन उपलब्ध छन् ।

विदेशमा बस्ने धेरै नेपालीले अमेजन टिभीको स्मार्ट डिभाइस प्रयोग गर्ने भएकाले अब ‘सिनेमाघर’ को ग्राहक बढ्ने सञ्चालक खरेलको भनाई छ ।

हाल यो एपमा ‘डमरुको डन्डीबियो’, ‘कोहलपुर एक्सप्रेस’, ‘सरौतो’, ‘मंगलम’, ‘बबी’, ‘ब्लाइन्ड रक्स’, ‘कथा काठमान्डू’लगायतका फिल्म हेर्न सकिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : १५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन