अमेजन फायर टिभीमा सिनेमाघर एप « Khabarhub

अमेजन फायर टिभीमा सिनेमाघर एप


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना महामारीपछि नेपालमा सुरु भएको डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ एप अब अमेजन फायर टिभीमा पनि उपलब्ध हुने भएको छ ।

अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समूहले सुरु गरेको यो प्लेटफर्ममा ५ सय तिरेर वर्षभरी नेपाली फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने सुविधा छ ।

अमेजन फायर टिभीमा विश्वभरको ५ करोडभन्दा बढी डिभाइस रहेको छ । ‘अमेजन फायर टिभी’ को जति पनि स्मार्ट डिभाइसहरु छन्, त्यसमा अब ‘सिनेमाघर’ चल्नेछ । जसले गर्दा ठूलो स्क्रीनमा फिल्म हेर्न सजिलो हुनेछ । यसबाट हाम्रो ग्राहक बढ्नेमा पनि विश्वस्त छौं ।’ सञ्चालक खरेल भन्छन् ।

भारतसँगै अमेरिका, यूरोप, अष्ट्रेलिया लगायतका देशमा निकै पपुलर रहेको अमेजनको फायर डिभाइसमा नेपालका थोरै मात्र एप्लिकेशन उपलब्ध छन् ।

विदेशमा बस्ने धेरै नेपालीले अमेजन टिभीको स्मार्ट डिभाइस प्रयोग गर्ने भएकाले अब ‘सिनेमाघर’ को ग्राहक बढ्ने सञ्चालक खरेलको भनाई छ ।

हाल यो एपमा ‘डमरुको डन्डीबियो’, ‘कोहलपुर एक्सप्रेस’, ‘सरौतो’, ‘मंगलम’, ‘बबी’, ‘ब्लाइन्ड रक्स’, ‘कथा काठमान्डू’लगायतका फिल्म हेर्न सकिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : १५ बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले