मुक्तिनाथ विकास बैंकको अग्रता कायमै, छिर्‍यो अर्बपति क्लबमा « Khabarhub

मुक्तिनाथ विकास बैंकको अग्रता कायमै, छिर्‍यो अर्बपति क्लबमा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास बैंक नाफाबाटै अर्बपति क्लबमा प्रवेश गरेको छ ।

नेपालका विकास बैंकमा १ नम्बर स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७/७८ तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुक्तिनाथ विकास बैंक नेपालको बैंकिङ्ग ईतिहासमा विकास बैंकहरु मध्ये खुद नाफामा अर्बपति क्लबमा पुग्न सफल पहिलो विकास बैंक बनेको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ६७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अहिले चालु आर्थिक वर्षका चैत मसान्तसम्ममा १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत सालको तुलनामा ४७.७५ प्रतिशतले बढी हो ।

बैंकको खुद नाफा उकालो लागेसँगै बैंकको प्रति सेयर आम्दानी पनि उकालो लागेको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १४ पैसा बढेर २७ रुपैयाँ ८७ पैसा पुगेको छ । त्यस्तैगरी बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षका तुलनामा चुक्ता पूँजी ११.२५ प्रतिशतले बढेको छ । त्यस्तैगरी जगेडा कोष २४.९७ प्रतिशत बढेको छ भने निक्षेप ४३.५० प्रतिशत र कर्जा ५०.७६ प्रतिशतले बढेको बैंकको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

दोस्रो त्रैमासमा रहेको निष्क्रिय कर्जा ०.३० प्रतिशतबाट घटेर तेस्रो त्रैमासमा ०.२१ प्रतिशत पुगेको छ । यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको लाभांश दिने क्षमता १७.२२ प्रतिशत रहेको छ भने गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको लाभांश दिने क्षमता ८.९७ प्रतिशत रहेको थियो ।

बैंकले लघु तथा साना उद्यमीहरु लक्षित गरी उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकतामा राखेको छ । बैंकको कुल कर्जामा ५० प्रतिशत हिस्सा २० लाख रुपैयाँ मुनिको र ३३ प्रतिशत हिस्सा १० लाख रुपैयाँ मुनिको कर्जा रहेको छ ।

शाखा सञ्जाल विस्तारको क्रमलाई बैंकले निरन्तरता दिएको छ । हाल यस विकास बैंकको १५६ ओटा शाखाहरु सञ्चालनमा रहेका छन् भने संभाव्य अन्य क्षेत्रमा शाखा विस्तारको क्रमलाई जारी राखेको छ ।

बैंकिङ्ग क्षेत्रमा नै एक अब्बल बैंक बनाउनको लागि दीर्घकालीन रणनीति कार्यान्वयनमा ल्याई बैंकको जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली, प्रविधिको स्तरोन्नति, शाखा सञ्जाल विस्तार, डिजिटलाइजेसन, अनुभवी व्यवस्थापन समिति गठन गरेर सेवाको गुणस्तर अभिबृद्धि गरी बैंकको ब्राण्ड, ख्याती, साथै व्यवसायको बजार हिस्सा विस्तार हुने गरी बैंक अगाडि बढेको छ ।

प्रतिस्पर्धी बजारमा बैंकलाई उत्कृष्ट र मजबुत बनाउन बैंकले अनुपालना, संस्थागत सुशासन, शुन्य सहनशीलतालाई उच्च प्राथमिकताका साथ लिई अघि बढेको छ । साथै बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रममा पनि सक्रिय योगदान गर्दै आएको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएम मेसिनबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदी जस्ता आधुनिक प्रविधिमा आधारित सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट नै गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा भित्रिएका प्रायः सबै प्रविधिहरु यस विकास बैंकले प्रयोगमा ल्याएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : ४६ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा