५१ विधामा डीआरले बनाए विश्व रेकर्ड | Khabarhub Khabarhub

५१ विधामा डीआरले बनाए विश्व रेकर्ड


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–नेपाली गीतकार डा.डीआर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको कीर्तिमानी बनाएका छन् ।

विभिन्न फरक फरक शैलीका गीत, संगीत तयार गरेर उनले विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएर संसारलाई यो विधामा उछिनेका छन् ।

यस अघि विभिन्न ३२ विधामा गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न रेकर्ड बनाएका डा. डीआरले फेरि गीतसंगीत सम्बन्धि थप १९ वटा विधामा नयाँ रेकर्ड सोमबार बनाएर ५१ वटा विधामा नयाँ विश्व रेकर्ड बनाएका हुन् ।

उनले यसपटक अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बँगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट बुकमा १९ फरक विधामा विश्व किर्तिमानी बनाएका हुन् ।

सोमबार राजधानीमा एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार तथा साहित्यकार डा. उपाध्यायलाई यी सबै वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।

यस पटक उनले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्यक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ वल्र्ड रेकर्ड बनाएका हुन् ।

यस्तै ५५ वटा फरक फरक फुलको नाममा गीतलेखि रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गरी बनाई रेकर्ड गरेर उनल नयाँ किर्तीमानी बनाएका हुन् ।

यस्तै आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकरात्मक सोचमा फाईदासम्बन्धि गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर डा. उपाध्यायले नयाँ किर्तिमान कायम गरेका हुन् ।

कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले आफ्ना विमोचित एक एक वटा गीत सुनाए । विश्व रेकर्डमा परेका आफ्ना गीतहरु उनीहरुले कार्यक्रममा सुनाएका थिए ।

सो कार्यक्रममा उपाध्यायको विश्व कीर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसँग्रह सपनाको महल, धडकन, धर्ति र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकार्पण गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : ४० बजे

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती