दमकमा निर्माण हुँदै एकीकृत सहकारी बस्ती | Khabarhub Khabarhub

दमकमा निर्माण हुँदै एकीकृत सहकारी बस्ती


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा- दमकस्थित मेची सहकारी संस्थाले एकीकृत सहकारी बस्ती निर्माण शुरू गरेको छ । जानकारीमा आए सम्म यस प्रकारको बस्ती नेपालकै पहिलो रहेको संस्थाको भनाइ छ ।

२४ वर्ष अघि स्थापित संस्थाले ५२ ओटा एकै प्रकृतिका घर रहने सहकारी बस्ती बनाउन थालेको हो । दमक ४ मा १ विगाहा १६ कट्ठा जमिनमा बस्ती निर्माण शुरू भएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

संस्थाले आँफै जमिन खरिद गरी घर नभएका सदस्यलाई लक्षित गरी एकीकृत बस्ती निर्माण शुरू गरेको उनको भनाइ छ । प्रत्येक घरको लागत ३३ लाख रुपैयाँ रहने संस्थाका उपाध्यक्ष पदम थापाले जानकारी दिएका छन् ।

अनुदान होईन, सहुलियत

संस्थाले घर नभएका सदस्यलाई अनुदानमा उपलव्ध गराउन नभइ सहुलियतका लागि एकीकृत बस्ती बनाउन थालेको जनाएको छ । २ वर्ष अघि ४ करोड १७ लाखमा खरिद गरिएको जग्गा हाल खरिद गरेकै समयको मुल्यका आधारमा उपलव्ध गराईने र एकै पटक धेरै घर बनाउँदा लागत पनि कम हुने भएकाले सदस्यले सहुलियत महसुस गर्ने सहकारी बस्ती निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेले बताए ।

घरको मुल्य करिव ३३ लाख पर्ने र ८ देखि १२ धुरसम्मका घडेरीसहितको मुल्य ४३ देखि ५१ लाख रुपैयाँ पर्ने संस्थाका प्रवन्धक खोमप्रसाद बगालेले जानकारी दिए । तर सदस्यहरुले सोही जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधी उपलव्ध गराईने उनको भनाइ छ ।

संस्थाले घर तथा जग्गाको स्वामित्व घरधनी शेयर सदस्यलाई हस्तान्तरण गरे पनि ५ वर्ष बिक्री गर्न नपाईने नियम बनाईएको छ । आगामी वर्षको भदौ सम्ममा बस्ती निर्माण पूरा गरी हस्तान्तरण गर्ने संस्थाको लक्ष्य छ ।

एक स्थानीय तह, एक एकीकृत बस्ती

झापा, मोरङ र इलामका ८ स्थानबाट कारोवार गरी रहेको संस्थाले आफ्नो प्रत्येक कारोवार स्थानीय तहमा एकीकृत सहकारी बस्ती विकास गर्ने लक्ष्य रहेको जनाएको छ ।

पहिलो बस्तीको नतिजा अनुसार अन्यत्र पनि बस्ती विकास गरिने अध्यक्ष भट्टराईको भनाइ छ । सदस्यहरुको आय स्तरका आधारमा पहिलो बस्ती भन्दा कम र बढि लागतका बस्तीको अवधारणा ल्याईने उनको भनाइ छ ।

सहकारी बस्तीका घर ओगटेर खरिद बिक्री गरी कसैले नाफा कमाउने अवस्था नआओस भनेर यो नियम बनाईएको अध्यक्ष भट्टराईले बताए । कम आयस्तर भएका सदस्यहरुलाई लक्षित गरी यस पछि अर्को एकीकृत बस्ती निर्माण गरिने उनको भनाइ छ । ८ हजार शेयर सदस्य रहेको संस्थाको शेयरपूँजी हाल करिव २९ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : ३५ बजे

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि