नाना भन्छन्, ‘मनीषालाई मिस गर्छु’ « Khabarhub

नाना भन्छन्, ‘मनीषालाई मिस गर्छु’


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा कैयौं प्रेमकथाको अन्त्य ब्रेकअपमा टुंगिएको छ । यो सूचीमा एउटा नाम नाना पाटेकर र मनीषा कोइरालाको पनि आउछ ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार नाना २१ वर्षकी कान्छी मनीषालाई मनपराउथे । उनीहरुले पहिलोपटक फिल्म ‘खामोशीः द म्यूजिकल’मा काम गरेका थिए । यो फिल्ममा उनीहरु बाबु–छोरीको भुमिकामा देखिएका थिए ।

यो फिल्म पछि नाना र मनीषा फिल्म ‘अग्निसाक्षी’मा देखिए । ‘अग्निसाक्षी’मा अभिनय गरिरहँदा मनीषाप्रति नानाको आशक्ति अझै बढ्यो ।

नाना विवाहित भए पनि उनी मनिषालाई भेट्न उनको घर जान्थे । यद्यपि उनी आफ्नो पत्नीबाट अलग्गै बस्दथे ।

मनीषा पनि नानाको घरमा प्रायः गइरहन्थिइन् । तर केही समयपछि उनीहरुको सम्बन्धमा दरार आयो ।

‘उनी सबैभन्दा संवेदनशिल अभिनेत्रीमध्ये एक हुन् । मसँग उनको लागि भन्ने कुरा केही छैन । किनकी ब्रेकअप सबैभन्दा पीडादायी क्षण हुँदो रहेछ । तपाईंलाई यो अनुभव लिनका लागि यसको चोट सहनुपर्छ । म आफ्नो पीडालाई बयान गर्न सक्दिनँ । म मनीषालाई मिस गर्छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १ : ४० बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार