२७ सांसदलाई स्पष्टीकरण सोध्ने नेकपा एमालेको तयारी « Khabarhub

२७ सांसदलाई स्पष्टीकरण सोध्ने नेकपा एमालेको तयारी


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेले संघीय संसदका २७ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

पार्टीको हितविपरीत काम गरेको भन्दै २७ सांसदलाई स्पष्टीकरण सोध्न लागेको हो । गएराति नै स्पष्टीकरण सोध्ने सांसदको सूची तयार पारेको एमालेले स्पष्टीकरण चित्तबुझ्दो नभए थप कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

स्पष्टीकरण सोधिएकाले चित्तबुझ्दो जवाफ नदिए आगामी १० गते बोलाइएको केन्द्रीय कमिटी बैठकबाट थप कारबाही प्रक्रिया अघि बढाइने एमाले स्रोतले जनाएको छ ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको समय राखेर स्पष्टीकरण सोध्न लागेको एक नेताले बताए ।

त्यस्तै पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पूष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधिने छ ।

पार्टीले स्पष्टीकरण सोध्न लागेका सांसद सबै प्रतिनिधिसभा सदस्य हुन् ।

त्यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि कारबाहीको तयारी गरिएको छ । उनीहरुलाई पनि स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही गर्ने तयारी गरिएको छ ।

कर्णाली प्रदेश प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

के छ राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ मा दल त्याग सम्बन्धी व्यवस्था छ ।

दलको सदस्यले सम्बन्धित दलको सदस्यबाट लिखित राजीनामा दिएमा, निजले अर्को दलको सदस्यता लिएमा वा निज आफूसमेत संलग्न भई अर्को दल गठन गरेमा ।

संसदीय दलका सचेतकले जारी गरेको ह्वीप उल्लंघन गर्ने सदस्यलाई केन्द्रीय समितिले निष्काशन गर्न सक्ने व्यवस्था छ ।

कुनै सदस्यलाई निष्काशन गर्नुअघि दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्ने कानूनी व्यवस्था छ । सदस्यले पेश गरेको सफाइ सन्तोषजनक नभएमा विधानमा व्यवस्था भए बमोजिम दलको केन्द्रीय समितिले कारण र आधार खुलाई त्यस्तो दलको सदस्यताबाट निष्कासन गर्न सक्ने व्यवस्था छ ।

दलबाट निष्काशित भएपछि उसको सांसद पद पनि रहँदैन ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १ : ५१ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ