विद्यालयदेखि फिल्म उद्योगसम्मका यी मिल्ने साथी « Khabarhub

विद्यालयदेखि फिल्म उद्योगसम्मका यी मिल्ने साथी


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– स्कुलमा त धेरै साथीहरु बन्छन् । तर पढाई पुरा भएपछि पनि ती साथीहरुको सम्बन्ध अझ मजबुत बनेको सायद कमैमात्र हुनसक्छ ।

बलिउडका कलाकारहरु पनि आफ्नो विद्यालय जीवनका साथीहरु सम्झन्छन् । तर सायद एउटा कुरा कमैलाई मात्र थाहा होला कि आज बलिउडमा स्थापित भएका केही कलाकारहरु कुनै समयमा एकै विद्यालयमा अध्ययन गर्थे ।

अमर उजालाले विद्यालय समयदेखि नै एकअर्काको मिल्ने साथी रहेका केही कलाकारहरुको बारे एक समाचार तयार पारेको छ ।

अभिनेता अर्जुन कपूर र अभिनेत्री सोनाक्षी सिन्हा विद्यालय समयदेखि नै मिल्ने साथी हुन् । दुबैले मुम्बईको आर्य विद्या मन्दिरमा अध्ययन गरेका हुन् । उनीहरु विद्यालय समयमा मिल्ने साथी नभए पनि एकअर्कालाई राम्रोसँग जान्दथे ।

फिल्ममा आएपछि पनि उनीहरुले आफ्नो पुरानो सम्बन्धलाई यथावत नै राखे । अर्जुन र सोनाक्षीले फिल्म ‘तेवर’मा सँगै अभिनय गरेका छन् ।

अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूरको जोडीलाई दर्शकले निकै मनपराएका छन् । सायद कमैलाई मात्र थाहा होला कि यो ‘बागी’ जोडी बाल्यकालमा एकै स्कुलमा पढ्थे ।

उनीहरु केथडरल एण्ड जोन केनन स्कुलमा पढेका हुन् । एक अन्तरवार्तामा टाइगरले आफूले श्रद्धालाई स्कुल जीवनमा निकै मनपराउने गरेको बताएका थिए । फिल्ममा यो जोडी ‘बागी’ र ‘बागी ३’मा छन् ।

प्रख्यात फिल्म निर्माता करण जोहार र अभिनेत्री तथा लेखिका ट्वींकल खन्ना बोर्डिङ स्कुलदेखि नै एकअर्कालाई चिन्दछन् । दुवैजना पंचगनीमा रहेको न्यू एरा हाइ स्कुलमा पढ्थे ।

एक शोमा करणले कुनै समय आफ्नो ट्वींकलसँग प्रेम नै रहेको खुलासा गरेका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी पत्नी अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी धोनी दुवैले सेन्ट मेरी स्कुलबाट पढाई पुरा गरेका हुन् ।

असमको यो स्कुलमा साक्षी पढ्थिइन् र अनुष्का आफ्नो पिताको सरुवा भएपछि केही समयका लागि यहाँ पढेकी थिइन् ।

पाली हिलको सेन्ट एन स्कुलमा पढ्ने दुई केटा अहिले बलिउडको सुपरस्टार बनेका छन् । हामी यहाँ अभिनेता सलमान खान र आमिर खानको कुरा गर्दैछौं ।

आमिर र सलमान एकै कक्षामा पढ्थे । बलिउडको मिल्ने साथी मानिएका यी दुई अभिनेताले फिल्म ‘अन्दाज अपना अपना’मा सँगै अभिनय गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : २५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको