ओलीले २७ सांसदलाई सोधे : तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? « Khabarhub

ओलीले २७ सांसदलाई सोधे : तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ?


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितवपरीत काम गरेको भन्दै २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

पाँच बुँदे स्पष्टीकरणमा ओलीले सोधेका छन्, ‘तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? र तपाईंलाई संघीय संसदको पदबाट किन नहटाउने ? आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’

त्यस्तै ओलीले पार्टी बैठकका निर्णयका बारेमा भ्रम सिर्जना गरी पार्टीको विधान र निर्देशन विपरीत नयाँ राजनीतिक दल दर्ता गर्नु अघिको संगठनात्मक आधार तयार गर्न भेला आयोजना गर्दै हिड्नुको कारण पनि सोधेका छन् ।

उनले चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गर्नुको कारण पनि सोधेका छन् । ओलीले पत्रमा यस्ता गतिविधि अझै कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : ५१ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार