ओलीले २७ सांसदलाई सोधे : तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? « Khabarhub

ओलीले २७ सांसदलाई सोधे : तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ?


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितवपरीत काम गरेको भन्दै २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

पाँच बुँदे स्पष्टीकरणमा ओलीले सोधेका छन्, ‘तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? र तपाईंलाई संघीय संसदको पदबाट किन नहटाउने ? आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’

त्यस्तै ओलीले पार्टी बैठकका निर्णयका बारेमा भ्रम सिर्जना गरी पार्टीको विधान र निर्देशन विपरीत नयाँ राजनीतिक दल दर्ता गर्नु अघिको संगठनात्मक आधार तयार गर्न भेला आयोजना गर्दै हिड्नुको कारण पनि सोधेका छन् ।

उनले चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गर्नुको कारण पनि सोधेका छन् । ओलीले पत्रमा यस्ता गतिविधि अझै कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : ५१ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर