पार्टी भित्रको समस्या जिम्मेवारपूर्ण ढंगले समाधान गर्न नेता विष्टको माग « Khabarhub

पार्टी भित्रको समस्या जिम्मेवारपूर्ण ढंगले समाधान गर्न नेता विष्टको माग


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकर्ण बिष्टले एकता पूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँत्याएर विधिमार्फत् समाधान खोज्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेकपा एमालेमा देखा परेका समस्याहरुको समाधानकालागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नेताहरुलाई स्पष्टीकरण सोधेपछि विष्टले पार्टीभित्रको समस्या जिम्मेवारपूर्ण ढंगले समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधान गर्न संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदमाथी कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ ।’

उनले संवादहीनता र कारबाहीको बाटोबाट समस्या समाधान नहुने बताएका छन् । उनले भनेका छन्, ‘अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताको पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथी हुन्छ ।’

उनले लेखेका छन्, ‘एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’

https://www.facebook.com/Gokarna.bistauml/posts/4323326294353643

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५९ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर