नयाँ सत्तासमीकरण बनाउन माओवादी केन्द्रले वार्ता शुरू गर्ने (भिडियोसहित) « Khabarhub

नयाँ सत्तासमीकरण बनाउन माओवादी केन्द्रले वार्ता शुरू गर्ने (भिडियोसहित)


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको वार्ता र छलफललाई घनिभूत रुपमा तीव्रता दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता दिने र एउटा निर्णय लिने निष्कर्षमा पार्टी पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हेरौँ भिडियो

वर्तमान सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेकाले ओलीलाई सरकारबाट हटाउनुको विकल्प नभएको माओवादीको ठहर छ ।

बैठकले प्रतिनिधिसभाको अधिवेशन प्रभावकारीमूलक बनाउनु पर्ने परिस्थितिमा अन्त्य गर्नुसरकारको स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको निष्कर्ष निकाल्दै भत्र्सनासमेत गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको भन्दै पार्टी पंक्तिलाई कोरोनाबारे जनचेताना फैलाउन र सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता, बिभिन्न जिम्मेवारीमा रहेका सदस्यहरुको रिपोर्टिङ, पार्टीको विधान संशोधन र आगामी केन्द्रीय कमिटीको तयारी लगायतका कार्यसूची तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले सरकार गठन गर्न दलहरुसँग भएको छलफल सकारात्मक रहेको र एक–दुईदिनमा नै टुंगोमा पुगिने जानकारी गराएका थिए । उनले संवैधानिक निर्वाचन हुन्छ भने त्यो निर्वाचनको सामना गर्न तयार रहेको पनि बताएका थियो । थप एजेन्डामाथि भोलि बुधबार १ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : १३ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ