संसद अधिवेशन अन्त्य अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम : माओवादी केन्द्र (भिडियोसहित) « Khabarhub

संसद अधिवेशन अन्त्य अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम : माओवादी केन्द्र (भिडियोसहित)


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारले संसद अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको जनाएको छ ।

पेरिसडाँडामा आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अस्वभाविक ढंगले हठातमा संसद अधिवेशन अन्त्य भएकोमा पार्टीले भत्र्सना गरेको बताए ।

उनले भने, ‘अस्वभाविक ढंगले हठातमा संसद अधिवेशन अन्त्य भएकोमा भत्र्सना गर्दछौँ । यो अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति हो ।’

हेरौँ भिडियो

पत्रकारको एक प्रश्नमा उनले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको भनेर लिखित रुपमा दिन मात्रै बाँकी रहेको बताए ।
‘यो सरकारलाई कुनै पनि कोणबाट समर्थन गरेर अगाडि बढाउन सक्दैन । राजनीतिक अन्यौलको स्थिति सिर्जना नहोस् । संविधान र लोकतन्त्रमाथि खतरामा उत्पन्न हुने गरी चुनाव घोषण हुने तर चुनाव चाहिँ नहुने स्थितितर्फ देश नधकेलियोस् ।’ उनले भने, ‘त्यस कारण हामी सुविचारित ढंगले कदम चाल्ने पक्षमा मात्रै हौँ । त्यसैले यसमा कुनै भ्रम नराखे हुन्छ ।’

उनले यदि संसद विघटन भएर मुलुक चुनावमा गए वैधानिक रुपमा हुने चुनावको पक्षमा आफूहरु रहेको बताए । उनले भने, ‘तर खतरा के छ भने चुनावको मिति घोषणा हुने, चुनाव नहुने हो कि ?’

ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको प्रसंग उठाउँदै उनले भने ‘दुई प्रकारको चुनाव हुन्छ । संविधान अन्तर्गतको चुनाव र लोकतन्त्रको अभ्यास अन्तर्गतको चुनाव । त्यस्तो चुनावको पक्षमा हामी हुन्छौँ । संविधान विरुद्ध र लोकतन्त्रलाई कमजोर पार्ने खालको चुनावको पक्षमा हामी हुँदैनौँ । त्यसो भएकाले ६÷६ महिनामा चुनाव ग¥यो भन्दैमा आहा लोकतन्त्र भन्दै रमाउनु त ?’

सत्तासमीकरणका लागि कांग्रेस र जसपाले बाहिर जेजे भने पनि आफूहरुलाई के भनेको छ भन्ने कुरा आफूहरुलाई मात्रै थाहा भएको उनको भनाइ थियो । उनले कांग्रेस र जसपासँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको संकेत गरे ।

कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नबनेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले जनचेतना जागरण गर्न पार्टीको सिंगो पंतिलाई परिचालन गर्ने निर्णय गरेको छ । साथै, सरकार आफैले जारी गरेको कोरोना नियन्त्रण सम्बन्धी आचारसंहितालाई उल्लंघन गरेकोमा माओवादीले दुःख व्यक्त गरेको छ ।

रामनवमीमा चितवनको माडीस्थित अयोध्यामा राख्नका लागि तयार गरिएको राम, सीताको मूर्ति हस्तान्तरण कार्यक्रममा आज बिहान बालुवाटारमा सयौँ मानिस भेला भएका थिए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि दिउँसो १ बजे फेरि बस्नेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : ४५ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको