धुलिखेल र बनेपाको शैक्षिक संस्था भोलिदेखि बन्द « Khabarhub

धुलिखेल र बनेपाको शैक्षिक संस्था भोलिदेखि बन्द


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था भोलिदेखि वैशाख मसान्तसम्म बन्द हुने भएका छन् ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले बनेपा र धुलिखेल नगरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । “दुई नगरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बुधबारबाट बन्द गर्ने निर्णय गरियो”, पोखरेलले भने । उनका अनुसार बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकको निर्णय पालना गरे नगरेकोसमेत डिसिएमसीले अनुगमन गर्ने जनाइएको छ ।

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले सोमबार नै देशभरका २५ शहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई शहर बनेपा र धुलिखेल पनि थिए तर, यहाँका शैक्षिक संस्था आज निर्वाध सञ्चालनमा आए ।

बनेपा नगरमा ३१ सामुदायिक र ४० निजी तथा धुलिखेल नगरमा २६ सामुदायिक विद्यालय तथा ११ निजी विद्यालय सञ्चालनमा छन् । बनेपाको तीन विद्यालयका केही शिक्षक र विद्यार्थीमा कोरोना देखिएको छ ।

यसअघि कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि देशभरका विद्यालय एकैसाथ बन्द गरिएको थियो । करिब ११ महिनापछि अर्थात् माघबाट मात्रै पूर्णरुपमा भौतिक उपस्थितिमा मात्रै कक्षा शुरु गरिएको थियो ।

यसैबीच, काभ्रेपलाञ्चोकमा पछिल्लो समय कोरोना सङ्क्रमण दर उकालो लागिरहेको छ । हिजो नौ र आज छ सङ्क्रमित थपिएपछि मङ्गलबार साँझसम्म जिल्लामा हाल १८ पुरुषसहित ३८ कोरोना सङ्क्रमित छन् ।

केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४०० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने १४ महिलासहित ४५ को मृत्यु भएको छ । १३ स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा हाल १४ सङ्क्रमित छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ७ : ४५ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७