देशभर १६० संक्रमितको आईसीयू र ४५ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

देशभर १६० संक्रमितको आईसीयू र ४५ को भेन्टिलेटरमा उपचार हुँदै


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४५ जना संक्रमित भेन्टिलेटरमा र १६० को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा आठ जना संक्रमित आईसीयूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आईसीयूमा, बाग्मती प्रदेशमा ७२ जना आईसीयूमा र ३० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी कर्णाली प्रदेशमा १० जना आईसीयूमा र एक जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा पाँच जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ०१ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका