आगामी २ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्‍याउने रियलमीको लक्ष्य | Khabarhub Khabarhub

आगामी २ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्‍याउने रियलमीको लक्ष्य


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले फाइभ जी विकास गर्ने प्रतिवद्धता जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्काई लिले खुला घोषणा पत्रद्वारा फाइभ जीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए । सीईओ लीले घोषणा पत्रमा नयाँ योजनाका रुपमा फाइभ जीको अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।

लीका अनुसार रियलमीले आफ्नो फाइभ जी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्डसेटिङ डिजाइन सहितका सुलभ फाइभ जी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकमाझ पुर्‍याइ सक्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा भारत तथा दक्षिण एशिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका फाइभ जी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ । सीईओ लीद्वारा गरिएको खुला घोषणा पत्रमा ‘चुनौतीदेखि उन्नति’का लागि फाइभ जी अंगिकार गरिने उल्लेख गरिएको छ ।

आगामी २ वर्षमा ७० प्रतिशत प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्‍याउने लक्ष्यसहित अघि बढेको लीले बताएका छन् । विशेष गरी भारत तथा दक्षिण एशिया र युरोपको बजारमा फाइभ जी उत्पादन पुर्‍याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५४ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले