इजरायल-प्यालेष्टाइन द्वन्द्व : साइरन बज्न साथ बंकरमा जान नेपालीलाई दूतावासको आग्रह « Khabarhub

इजरायल-प्यालेष्टाइन द्वन्द्व : साइरन बज्न साथ बंकरमा जान नेपालीलाई दूतावासको आग्रह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- इजरायल र प्यालेष्टाइनबीच बढ्दै गएको तनावका कारण इजरायलमा रहेका नेपाली पनि जोखिममा परेका छन् ।

द्वन्द्वको जोखिमा नेपाली पनि परेपछि इजरायलस्थित नेपाली दूतावासले साइरन बज्नसाथ बंकरमा जान अनुरोध गरेको छ ।

मे १० देखि इजरायलको जेरुसेलम, दक्षिण इजरायली क्षेत्रका साथसाथै तेलअबिबलगायतका केन्द्रमा समेत गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा रकेट आक्रमण भइरहेको दूतावासले जनाएको छ ।

यस परिस्थितिलाई नजरअन्दाज नगर्न तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरूको खोजी गर्नेतर्फ लाग्न समेत दूतावासले त्यहाँ कार्यरत नेपाली समुदायलाई अपिल गरेको छ ।

यी हुन् दूतावासले सुझाएका सुरक्षाका उपायहरू

– खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जानुहोला, अल्छी पटक्कै नगर्नुहोला। झ्याल नजिक तथा भित्तामा खस्नसक्ने सामानको नजिक नजान ।

– यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको बङ्करमा पुगिहाल्नुहुन र त्यो पनि उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ घोप्टो परेर दुई हातले टाउको छोपेर बस्न ।

-केही साथीहरुले रकेट लन्च भैरहेको बेलामा छतबाट हेर्ने, फेसबुक लाइभ गर्ने र भिडियो बनाउने गर्ने गरेको देखिएकोले त्यसो नगर्न ।

– अप्ठ्यारो परिस्थिति छ, हामी त्रसित छौं। यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर नेपालमा रहेका परिवारलाई त्रसित नगराउन (तर सही सूचना छ भने चाहिँ व्हट्सएप्स वा मेसेन्जरबाट साथीहरुसँग सेयर गरौं।)

– कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहुन समेत दूतावासले भनेको छ । दूतावासमा द्वितीय सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० मा र श्रम सहचारी प्रदीप सागर गिरीलाई ०५४३३०६०७० मा सम्पर्क गर्न सकिने जनाएको छ ।

इजराइलमा जारी द्धन्द्धको अवस्थामा अहिलेसम्म पनि कुनै नेपाली हताहत नभएको दूतावासले जनाएको छ । इजरायलमा हाल २५ सयको हाराहारीमा नेपालीहरु कार्यरत छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : ४० बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश