नेपालमा ७ हजार जनसंख्यामा १ जना डाक्टर | Khabarhub Khabarhub

नेपालमा ७ हजार जनसंख्यामा १ जना डाक्टर

डब्ल्युएचओ भन्छ : १ हजारमा एक जना



काठमाडौँ– नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार हालसम्म नेपालमा ३६ हजार ७९२ जना डाक्टरले लाइसेन्स प्राप्त गरेका छन् ।

३१ डिसेम्बर २०२० सम्ममा एमबीबीएसतर्फ २४ हजार ८ १४ जनाले लाइसेन्स पाएका छन् । यसमध्ये १६ हजार ५५९ जना पुरुष र ८ हजार २५५ जना महिला छन् ।

यस्तै, बीडीएसतर्फ ३ हजार ६६३ जना छन् । यसमध्ये पुरुष १ हजार ४३६ र महिला २ हजार २२७ जना छन् ।

विशेषज्ञतर्फ एमडी/एमएसमा पुरुष ५ हजार ५७४ र महिला २ हजार ११७ गरी ७ हजार ६९१ जना दर्ता छन् । यसैगरी एमडीएसतर्फ ३४४ जना पुरुष र २८० जना महिला गरी ६२४ जना दर्ता छन् । यसरी विशेषज्ञ समेत कुल दर्ता संख्या ३६ हजार ७९२ छ ।

दर्तामध्ये कति चिकित्सक स्वदेशमा कार्यरत छन् भन्ने तथ्यांक काउन्सिलसँग छैन ।

काउन्सिलका अनुसार मुलुकभरका सरकारी स्वास्थ्य संस्थाहरूमा जम्मा १ हजार २०० जना चिकित्सक कार्यरत छन् । निजी क्षेत्रमा कति चिकित्सकहरू कार्यरत छन् भन्ने यकिन छैन तर केही सर्वेक्षणहरूअनुसार नेपालका निजी स्वास्थ्य संस्थामा करिब ३ हजार चिकित्सक कार्यरत छन् ।

काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीकाअनुसार दर्ता भएका डाक्टरहरूको संख्यामध्ये कति कार्यरत छन् कतिको मृत्यु भयो भन्ने विषयमा अपडेट गर्न सफ्टवेयर बनाइएको छ । सफ्टवेयरबाट काम शुरू हुन अझै केही समय लाग्ने उनले बताए ।

विज्ञहरूले नेपालका सरकारी दरबन्दीमा १० हजार डाक्टर र ५० हजार नर्स पुर्‍याउन सुझाव दिए पनि सरकारले कार्यान्वयन गरेको छैन ।

एउटा चिकित्सकले दैनिक ३० जनाभन्दा बढी बिरामी हेर्नु उपयुक्त मानिँदैन तर काठमाडौँका सरकारी अस्पतालमा दैनिक १५० जनासम्म बिरामी हेर्नुपर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को मापदण्डअनुसार एक हजार जनसंख्यामा कम्तीमा एक डाक्टर हुनुपर्छ । यस अनुसार नेपालको जनसंख्या तीन करोड मान्दा कम्तीमा ३० हजार डाक्टर कार्यरत हुनुपर्छ ।

सरकारी र निजीतर्फ कुल ४ हजार २०० जना डाक्टर कार्यरत छन् भनेर मान्ने हो भने ७ हजारभन्दा बढी जनसंख्यामा एक जना डाक्टर पर्न आउँछ ।

मेडिकल काउन्सिलको मापदण्ड अनुसार डाक्टरले एक जना बिरामीलाई २० मिनेट समय दिनुपर्छ । नेपालमा चिकित्सक र बिरामीको संख्याको अधारमा एक बिरामीले औसतमा पाँच मिनेट समय पाउन पनि मुश्किल छ ।

मुलुकमा शहरी जनसंख्या ६३ प्रतिशत र ग्रमीण जनसंख्या ३७ प्रतिशत छ । डाक्टरको संख्या भने शहरमा हाराहारी ८० प्रतिशत र गाउँमा २० प्रतिशत छ । करिब २५ वर्षदेखि सरकारी अस्पतालहरूमा डाक्टरको दरबन्दी उल्लेख्य रूपमा थपिएको छैन ।

यतिबेला मुलुकमा कोरोना महामारी तीव्र रुपमा फैलिएको छ । दैनिक ८ हजारको संख्यामा नयाँ संक्रमितहरू थपिँदै छन् र दुई सयको हाराहारीमा मृत्यु हुँदैछ ।

शहरका अस्पतालमा डाक्टर र नर्सको संख्या ठिकै भए पनि दुर्गम जिल्लाका अस्पातलमा डाक्टरको अभाव छ । कार्यरत डाक्टरहरूलाई भ्याईनभ्याई छ । बिरामीले उपचारको लागि लामो समय प्रतिक्षा गर्नुपर्ने बाध्यता छ ।

जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षित अहिलेको संकटमा बेरोजगार रहेका नर्सहरू परिचालन गर्न सकेमा सहज हुने बताउँछन् ।

‘कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको छ, विभिन्न जिल्लाहरूमा यतिबेला संक्रमितको हेरचाहका लागि जनशक्तिको अभाव छ’ दीक्षितले खबरहबसँग भने, ‘यो अवस्थामा लाइसेन्स लिएर बसेका डाक्टरलाई ठाउँठाउँमा परिचालन गर्न सके राम्रो हुन्थ्यो ।’

सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर डाक्टर अभाव रहेका दुर्गम ठाउँका अस्पतालमा पठाउन उनको सुझाव छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : १० बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने