कोरोना रोकथाम र नियन्त्रणमा जिम्मेवार बन्न प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र « Khabarhub

कोरोना रोकथाम र नियन्त्रणमा जिम्मेवार बन्न प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र


६ जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै खोपको बन्दोबस्त गर्न माग गरेका हुन् । कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न नसकेको आरोप समेत लगाएको छ ।

१५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसले अक्सिजन लगाएतका अत्यावश्वक बस्तुमा समेत कालोबजारी र कार्टेलिङ गरेको आरोप लगाएको छ । सभापति देउवाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुनसक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न खोपको सुनिश्चितता गरियोस् ।’

खोप ल्याउनका लागि कुटनीतिक पहल गर्न माग गर्दै सभापति देउवाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनेका छन् । विज्ञप्तिमा भनिएको छ,‘खोपको सुनिश्चितताका लागि कुटनीतिक पहल गरियोस । खोप आपूर्ति गर्ने व्यवस्था बिचौलियारहित र पारदर्शी ढंगले गरियोस ।’

आवश्यकताअनुसार तत्काल आइसीयु र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नयाँ भेरियन्टले बालबालिका समेत प्रभावित हुनसक्ने विज्ञहरुले जानकारी गराइसकेको अबस्थामा सरकारले तत्काल संक्रमण कम गर्न पहल गर्नुपर्ने कांग्रेसको माग छ । नीजि अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क असुलेको गुनासो आएको भन्दै कांग्रेसले निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन गरिएको भनिएपनि त्यसको काम नगन्य रुपमा भएको भन्दै तत्काल सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाउन सभापति देउवासँगै महामन्त्रीहरु पुर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकुष्ण खाँण र सहमहामन्त्री डाक्टर प्रकाशशरण महत प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् ।

सरकारका तर्फबाट भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीसहित एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगाएतको उपस्थिति रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ११ : ४३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस