कोरोना रोकथाम र नियन्त्रणमा जिम्मेवार बन्न प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र « Khabarhub

कोरोना रोकथाम र नियन्त्रणमा जिम्मेवार बन्न प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै खोपको बन्दोबस्त गर्न माग गरेका हुन् । कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न नसकेको आरोप समेत लगाएको छ ।

१५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसले अक्सिजन लगाएतका अत्यावश्वक बस्तुमा समेत कालोबजारी र कार्टेलिङ गरेको आरोप लगाएको छ । सभापति देउवाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुनसक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न खोपको सुनिश्चितता गरियोस् ।’

खोप ल्याउनका लागि कुटनीतिक पहल गर्न माग गर्दै सभापति देउवाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनेका छन् । विज्ञप्तिमा भनिएको छ,‘खोपको सुनिश्चितताका लागि कुटनीतिक पहल गरियोस । खोप आपूर्ति गर्ने व्यवस्था बिचौलियारहित र पारदर्शी ढंगले गरियोस ।’

आवश्यकताअनुसार तत्काल आइसीयु र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नयाँ भेरियन्टले बालबालिका समेत प्रभावित हुनसक्ने विज्ञहरुले जानकारी गराइसकेको अबस्थामा सरकारले तत्काल संक्रमण कम गर्न पहल गर्नुपर्ने कांग्रेसको माग छ । नीजि अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क असुलेको गुनासो आएको भन्दै कांग्रेसले निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन गरिएको भनिएपनि त्यसको काम नगन्य रुपमा भएको भन्दै तत्काल सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाउन सभापति देउवासँगै महामन्त्रीहरु पुर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकुष्ण खाँण र सहमहामन्त्री डाक्टर प्रकाशशरण महत प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् ।

सरकारका तर्फबाट भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीसहित एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगाएतको उपस्थिति रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : ४३ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण