सलमानलाई ‘राधे’बाट सय करोड बढी नाफा « Khabarhub

सलमानलाई ‘राधे’बाट सय करोड बढी नाफा


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सलमान खानमाझ चर्चाको विषय बनेको उनी अभिनित फिल्म ‘राधेःयोर मस्ट वान्टेड भाइ’ गत साता इदको अवसर पारेर रिलिज भइसकेको छ ।

यो फिल्म थिएटर र ओटीटी प्लेटफर्म जीप्लेक्समा एकसाथ रिलिज भएको हो । ओटीटी प्लेटर्फममा ठूलो मात्रामा टिकट बिक्री गरेर रिलिज भएको सम्भवत यो नै पहिलो फिल्म हो ।

बलिउड हंगामाका अनुसार फिल्म रिलिज हुनासाथ यसले कस्तो समीक्षा पाउने र बक्सअफिस कलेक्सन कस्तो हुने चासो सबैतिर थियो ।

डिजिटल प्लेटफर्मको पेप पर भ्यूमा प्रति टिकट दुई सय ४९ रुपैंयाँ टिकट तोकिएपछि यो मूल्यमा फिल्म हेर्ने दर्शक उल्लेख्य थिए । निर्माताले यो फिल्म ‘जी’लाई १ सय ९० करोड रुपैंयाँमा बेचेका थिए ।

फिल्मको प्रोडक्सन मूल्य ९० करोड हो । फिल्मका एक निर्मातासमेत रहेका सलमानले फिल्मबाट सय करोड बढी नाफा हात पारेका छन् ।

‘जी’सँग निर्माता र सलमानले २ सय ३० करोड रुपैंयाँको सम्झौता गरेका थिए । जसअनुसार सलमानले एक सय ३० करोड रुपैंयाँ नाफा हात पारेका छन् ।

अहिले सबैको ध्यान ‘जी’को डिजिटल प्लेटफर्मबाट कति पैसा उठ्छ भन्नेमा छ । किनकी फिल्म खरिदका लागि ‘जी’ले मोटो रकम लगानी गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १२ : ०० बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु