सलमानलाई ‘राधे’बाट सय करोड बढी नाफा « Khabarhub

सलमानलाई ‘राधे’बाट सय करोड बढी नाफा


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सलमान खानमाझ चर्चाको विषय बनेको उनी अभिनित फिल्म ‘राधेःयोर मस्ट वान्टेड भाइ’ गत साता इदको अवसर पारेर रिलिज भइसकेको छ ।

यो फिल्म थिएटर र ओटीटी प्लेटफर्म जीप्लेक्समा एकसाथ रिलिज भएको हो । ओटीटी प्लेटर्फममा ठूलो मात्रामा टिकट बिक्री गरेर रिलिज भएको सम्भवत यो नै पहिलो फिल्म हो ।

बलिउड हंगामाका अनुसार फिल्म रिलिज हुनासाथ यसले कस्तो समीक्षा पाउने र बक्सअफिस कलेक्सन कस्तो हुने चासो सबैतिर थियो ।

डिजिटल प्लेटफर्मको पेप पर भ्यूमा प्रति टिकट दुई सय ४९ रुपैंयाँ टिकट तोकिएपछि यो मूल्यमा फिल्म हेर्ने दर्शक उल्लेख्य थिए । निर्माताले यो फिल्म ‘जी’लाई १ सय ९० करोड रुपैंयाँमा बेचेका थिए ।

फिल्मको प्रोडक्सन मूल्य ९० करोड हो । फिल्मका एक निर्मातासमेत रहेका सलमानले फिल्मबाट सय करोड बढी नाफा हात पारेका छन् ।

‘जी’सँग निर्माता र सलमानले २ सय ३० करोड रुपैंयाँको सम्झौता गरेका थिए । जसअनुसार सलमानले एक सय ३० करोड रुपैंयाँ नाफा हात पारेका छन् ।

अहिले सबैको ध्यान ‘जी’को डिजिटल प्लेटफर्मबाट कति पैसा उठ्छ भन्नेमा छ । किनकी फिल्म खरिदका लागि ‘जी’ले मोटो रकम लगानी गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १२ : ०० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा