पथरीमा दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते « Khabarhub

पथरीमा दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङको पथरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्कर्पियोलाई ठक्कर दिँदा भएको दुर्घटनामा मोरङको रंगेली नगरपालिका-३ रन्जनीका ७६ वर्षीया विष्णुमाया सिवाकोटी र झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लीलानाथ पौडेल मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

दुर्घटनामा परी झापा बिर्तामोड नगरपालिका-२ चार पानेका ३३ वर्षीय विकास उप्रेती, सोही ठाउँका ४५ वर्षीया विनिता पौडेल र हल्दीबारी गाउँपालिका-५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनीहरू बिरामी भेट्नका लागि विराटनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १२ : २३ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको