सुरक्षाको पछुतोः ‘कपी गर्ने कुराको घोर विरोधी हुँ’ « Khabarhub

सुरक्षाको पछुतोः ‘कपी गर्ने कुराको घोर विरोधी हुँ’


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आफू अभिनित सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’को ‘कपी’ रहेको खुलेपछि अभिनेत्री सुरक्षा पन्तले पछुतो मानेकी छन् । उनले फिल्म ‘कपी’ रहेको पहिल्यै जानकारी पाएको भए काम नगर्ने दाबी गरेकी छन् ।

उनले फेसबुकमा कुनै अवधारणा मनपरेर काम गरे पनि त्यो गलत हर्कतले गरिएको छ भने त्यसले मन खुम्चिने उल्लेख गरेकी छन् ।

‘कुनै आइडिया मन परेर काम गरिन्छ । अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ’, उनले लेखेकी छन्, ‘व्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हुँ म । त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु ।’

उनले सर्ट फिल्मको दोस्रो भाग बनाउने कुरा चलिरहे पनि आफू त्यसमा काम नगर्ने मनसायमा पुगेको उल्लेख गरेकी छन् ।

‘यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ’, उनले लेखेकी छन्, ‘टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।’

जीवन शाहीको निर्देशनमा तयार भएको ‘मन बार’मा सुरक्षा पन्त र कोशिस क्षेत्री प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १ : ३० बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर