निर्देशक वुडीमाथि छोरीले लगाइन् यौन शोषणको आरोप | Khabarhub Khabarhub

निर्देशक वुडीमाथि छोरीले लगाइन् यौन शोषणको आरोप


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– चार पटक ओस्कार अवार्ड जितेका फिल्म निर्देशक वुडी एलेनमाथि उनकी छोरीले यौन शोषणको आरोप लगाएकी छन् । एलेनले आफ्नै सौतेनी छोरी सुन–यी प्रेभिनसँग विवाह गरेका थिए । उनीमाथि अन्य छोरीले यौन शोषणको आरोप लगाएका हुन् ।

फक्स न्यूजअनुसार सन् २०२०मा ड्रुको टक शो ‘द ड्रुव बैरीमोर शो’मा वुडीको सौतेली छोरी डाइलन फैरो अतिथीका रुपमा आएकी थिइन् । शोमा उनले आफूमाथि पिताले यौन शोषण गरेको खुलासा गरेकी हुन् ।

उनले आफू सात वर्षको हुँदा वुडीले यौन शोषण गरेको बताएकी छन् । यो खुलासापछि ड्रुवले वुडीसँग काम गरेर पछुताएको उल्लेख गरेकी छन् ।

सन् १९८० मा वुडी र मिया सम्बन्धमा थिए । वर्षौसम्म सहकार्य गरेपछि सन् १९९२ मा अचानक वुडीले सुनसँग आफू सम्बन्धमा रहेको खुलासा गरेका थिए । सुन उनीभन्दा ३५ वर्ष कान्छी छिन् ।

सुन–यी मियाकी धर्मछोरी हुन् । जसलाई उनले आफ्नो पहिलो सम्बन्धको समय अपनाएकी थिइन् । वुडीको खुलासाको पाँच वर्ष पछि सुनसँग विवाह गरेका थिए । सुनले कैयौंपटक आफ्नो आमा मिया र वुडी सम्बन्धमा रहे पनि वुडी आफ्ना लागि कहिल्यै पिता नभएको बताएकी थिइन् ।

मियाले पति वुडी र धर्मछोरी सुनबीचको सम्बन्ध वुडीको घरमा छोरीको नग्न तस्वीर भेटेपछि थाहा पाएको जनाएकी छन् । त्यसपछि उनले वुडीसँग आफ्नो सम्बन्ध तोडेकी थिइन् ।

यद्यपि वुडीले भने छोरी डाइलनलाई मियाले भड्काएको र सुनसँगको सम्बन्धका कारण मिया आफूविरुद्ध उत्रिएको आरोप लगाएका छन् । द कनेक्टिकट स्टेट अटर्नीले यो मामलाको अनुसन्धान गरे पनि वुडीविरुद्ध कुनै मुद्दा दर्ता गराएन ।

अटर्नीले यो मुद्दालाई चाइल्ड सेक्सुअल अब्यूज क्लीनिक अफ येललाई सुम्पिदियो । तर येलले पनि कुनै प्रमाण नभेटेपछि मिया फैरोलाई दोषी ठहर्‍यायो ।

वुडी र मियाले एक छोरा मोसेज र छोरी डाइलनलाई अंगालेका थिए । यसबाहेक दुवैको एक बायोलोजिकल सन्तान सैचल पनि छ । अदालतमा वुडीमाथि यौन शोषको आरोप साबित नभएपछि उनले आफ्ना तीन सन्तानलाई कस्टडीमा राखेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : १५ बजे

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको