निर्देशक वुडीमाथि छोरीले लगाइन् यौन शोषणको आरोप « Khabarhub

निर्देशक वुडीमाथि छोरीले लगाइन् यौन शोषणको आरोप


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– चार पटक ओस्कार अवार्ड जितेका फिल्म निर्देशक वुडी एलेनमाथि उनकी छोरीले यौन शोषणको आरोप लगाएकी छन् । एलेनले आफ्नै सौतेनी छोरी सुन–यी प्रेभिनसँग विवाह गरेका थिए । उनीमाथि अन्य छोरीले यौन शोषणको आरोप लगाएका हुन् ।

फक्स न्यूजअनुसार सन् २०२०मा ड्रुको टक शो ‘द ड्रुव बैरीमोर शो’मा वुडीको सौतेली छोरी डाइलन फैरो अतिथीका रुपमा आएकी थिइन् । शोमा उनले आफूमाथि पिताले यौन शोषण गरेको खुलासा गरेकी हुन् ।

उनले आफू सात वर्षको हुँदा वुडीले यौन शोषण गरेको बताएकी छन् । यो खुलासापछि ड्रुवले वुडीसँग काम गरेर पछुताएको उल्लेख गरेकी छन् ।

सन् १९८० मा वुडी र मिया सम्बन्धमा थिए । वर्षौसम्म सहकार्य गरेपछि सन् १९९२ मा अचानक वुडीले सुनसँग आफू सम्बन्धमा रहेको खुलासा गरेका थिए । सुन उनीभन्दा ३५ वर्ष कान्छी छिन् ।

सुन–यी मियाकी धर्मछोरी हुन् । जसलाई उनले आफ्नो पहिलो सम्बन्धको समय अपनाएकी थिइन् । वुडीको खुलासाको पाँच वर्ष पछि सुनसँग विवाह गरेका थिए । सुनले कैयौंपटक आफ्नो आमा मिया र वुडी सम्बन्धमा रहे पनि वुडी आफ्ना लागि कहिल्यै पिता नभएको बताएकी थिइन् ।

मियाले पति वुडी र धर्मछोरी सुनबीचको सम्बन्ध वुडीको घरमा छोरीको नग्न तस्वीर भेटेपछि थाहा पाएको जनाएकी छन् । त्यसपछि उनले वुडीसँग आफ्नो सम्बन्ध तोडेकी थिइन् ।

यद्यपि वुडीले भने छोरी डाइलनलाई मियाले भड्काएको र सुनसँगको सम्बन्धका कारण मिया आफूविरुद्ध उत्रिएको आरोप लगाएका छन् । द कनेक्टिकट स्टेट अटर्नीले यो मामलाको अनुसन्धान गरे पनि वुडीविरुद्ध कुनै मुद्दा दर्ता गराएन ।

अटर्नीले यो मुद्दालाई चाइल्ड सेक्सुअल अब्यूज क्लीनिक अफ येललाई सुम्पिदियो । तर येलले पनि कुनै प्रमाण नभेटेपछि मिया फैरोलाई दोषी ठहर्‍यायो ।

वुडी र मियाले एक छोरा मोसेज र छोरी डाइलनलाई अंगालेका थिए । यसबाहेक दुवैको एक बायोलोजिकल सन्तान सैचल पनि छ । अदालतमा वुडीमाथि यौन शोषको आरोप साबित नभएपछि उनले आफ्ना तीन सन्तानलाई कस्टडीमा राखेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : १५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६