‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर | Khabarhub Khabarhub

‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ ।

‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ । करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिए ।

यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा भारी वर्षा भएको उनले बताए । सबैभन्दा बढी लुम्बिनीमा ७८ मिलीमिटर पानी परेको छ । त्यसपछि डडेलधुरामा ७१, कञ्चनपुरको शान्तिपुरमा ५५, बैतडीमा ५१ मिलीमिटर पानी परेको छ ।

“अहिले भारी वर्षा त छैन तर बदली कायमै रहेकाले सामान्य वर्षा जारी नै छ, साँझ केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ, भोलि (शुक्रबार) बाट केही खुल्दै जानसक्छ, साँझ हामी अपडेट गर्ने नै छौँ”, श्रेष्ठले भने । उनका अनुसार ताउतेको प्रभाव पनि कमजोर बन्दै गएको र नेपालमा त्यसको असर पनि कम परेको जानकारी दिए ।

ताउ–ते आज भारतको राजस्थान आसपासमा रहेको छ । त्यसको प्रभाव बुधबारभन्दा थप कमजोर छ र अहिले उत्तर पूर्वतिर अगाडि बढ्दै छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसमेत रहेकाले मौसममा बदलाब आइरहेको हो ।

विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । काठमाडौँ उपत्यकामा पनि बुधबार साँझदेखि नै सिमसिम पानी परेको थियो । यो क्रम आज बिहानसम्म कायम रहेको तर अहिले केही खुले पनि पानी रोकिएको छैन । आज प्रदेश नं १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात/वर्षा हुने अनुमान छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको र राति प्रदेश नं १ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा सामान्यतः सफा रहने विभागले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अहिलेसम्म ताउतेबाट ठूलो क्षतिका घटना भने जानकारीमा नआएको बताए । उनले मौसममा बदली कायमै रहेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

ताउतेले नेपालको हिमाली क्षेत्रलाई समेत प्रभावित बनाएको छ । गएको साता हिमाल आरोहणमा निस्किएका आरोही रोकिएका छन् । उनीहरु मौसम खुल्ने प्रतिक्षामा रहेका जनाइएको छ । सगरमाथा आरोपहीसमेत अनुकूल मौसमको प्रतिक्षामा रहेको जनाइएको छ । ताउतेले सबैभन्दा बढी असर भारतमा गरेको थियो । प्राप्त विवरणअनुसार यसले मध्य र पूर्वी भारत, बङ्गलादेशको उत्तरी भूभाग, नेपाल तथा भुटानमा समेत प्रभाव पारेको छ ।

शुरुमा अरब सागरबाट आएको उक्त चक्रबातले भारतको पश्चिम तटीय क्षेत्र महाराष्ट्र र गुजरातमा प्रभाव पारेको थियो । बुधबार विस्तारै उत्तर सर्ने क्रममा दिल्ली, उत्तरप्रदेश, विहार झारखण्ड पश्चिम बङ्गालमा बदली गरेको थियो । अहिले यो भारतको राजस्थानबाट उत्तरपूर्वतिर गइरहेको छ ।

प्राधिकरणका अनुसार पछिल्लो गत वैशाख १ देखि यही जेठ ५ गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा ४७४ विपद्जन्य घटना भएका छन् । उक्त घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन् भने १४२ जना घाइते भएका छन् । सबैभन्दा बढी चट्याङले २१ र आगलागीबाट सात जनाको मृत्यु भएको छ । रासस

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : १७ बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी