सिंह कम्प्लेक्समा आगलागी, साढे ३ करोडको क्षति « Khabarhub

सिंह कम्प्लेक्समा आगलागी, साढे ३ करोडको क्षति


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवल बजारको केन्द्रमा रहेको सिंह कम्प्लेक्समा बुधबार राति आगलागी भएको छ ।

कम्प्लेक्सको चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यु तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको छ । राति १.३५ बजे लागेको आगो बुटवल उपमहानगरपालिकाको दमकल आएर डेढ घण्टामा निभाउन सफल भएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको कम्प्लेक्सका संचालक संचालक महेशमान सिंहले बताए ।

आगलागीबाट कुल साढे ३ करोड बराबरको क्षति भएको उनले बताए। आगलागीबाट सबैभन्दा ठुलो क्षति लाबी फुडकोर्डमा भएको उनले बताए । आगलागीबाट ४ टनको ४ वटा र २ टनका ७ वटा गरी ११ वटा एसी पूर्ण रुपमा क्षति भएको छ ।

यसैगरि रेष्टुरेन्टमा रहेको फ्रिज, टिभि, ब्रान्डेड पेय पदार्थ, सजावटका फर्निचर, सोफा लगायत सबै ध्वस्त भएको उनले बताए । फुडकोर्ड अन्तर्गत दुई वटा आकर्षक रेष्टुरेन्ट रहेका थिए ।

यो संगै रहेको भ्यु सिनेमाको बकस अफिस र काउन्टरमा समेत क्षति भएको छ। समयमा नै आगो नियन्त्रणमा लिन सफल हुँदा थप क्षति हुन नपाएको उनले बताए । आगलागीबाट तेस्रो तल्लामा रहेको समृद्धि सैलुन (निलडेभिड हेयर सैलुन) को समेत क्षति भएको छ । प्रशासनबाट निशेषज्ञा जारी भएसंगै कम्प्लेक्स बन्द रहेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : ५९ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका