थापाको विपक्षमा मतदान गर्नेलाई एमालेले माफी नदिने « Khabarhub

थापाको विपक्षमा मतदान गर्नेलाई एमालेले माफी नदिने


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले आधिकारिक उम्मेदवार रामबहादुर थापाविरुद्ध मतदान नगर्नेहरुलाई माफी नदिने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका थापाको विरुद्ध मतदान गर्नेहरुलाई क्षमा नदिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘विवाद समाधानका लागि कार्यदल गठन गरेको परिस्थितिमा पार्टीको ह्वीप उल्लंघन गर्दै विपक्षमा मतदान गर्ने कार्यको भर्त्सना गरेको छ । पार्टीका कतिपय नेता र कार्यकर्ताहरूको यस्तो क्रियाकलाप क्षम्य नहुने बैठकको निष्कर्ष छ ।’

परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले बजेट अध्यादेशबाट नल्याउने स्पष्ट पारे । उनले संसदको बजेट अधिवेशन बोलाउने विषयमा समेत छलफल भइरहेको जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगाउने विषयमा समेत स्थायी कमिटी बैठकमा छलफल भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ४ : ०७ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका