राष्ट्रियसभा निर्वाचनमा मतदान सम्पन्न « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा मतदान सम्पन्न


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता थिए । निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिएका थिए । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।

मतगणना व्यवस्थित गर्न थप निर्देशनसमेत निर्वाचन अधिकृतलाई आयोगबाट आज नै पठाइसकिएको छ । मतगणना अपराह्न ४.३० बजेदेखि प्रारम्भ गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको र आज नै साँझसम्म मतपरिणाम आउने सम्भावना रहेको आयोगले जनाएको छ ।

मतदान सफलतापूर्वक सम्पन्न भएकामा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीलगायत राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित सम्पूर्ण सरोकार पक्षलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ४ : ५२ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल