स्वास्थ्यसम्बन्धी मौलिक हक उपभोग गर्ने व्यवस्था मिलाउन माग « Khabarhub

स्वास्थ्यसम्बन्धी मौलिक हक उपभोग गर्ने व्यवस्था मिलाउन माग


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले कोभिड–१९ को महामारीले जनजीवन नै सङ्कटग्रस्त भइ सयौंले ज्यान गुमाउनु परेको अवस्थामा संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक र खाद्य सम्बन्धी हकलाई निर्वाध रुपमा उपभोगका लागि अविलम्ब व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

आज वक्तव्यमार्फत सस्थाले स्वास्थ्य संकटकाल घोषणा गरी आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित गर्न सकारसँग आग्रह गरेको छ ।

डिएलएका महासचिव लक्ष्मी दाहाल रावलले सम्पूर्ण नागरिकलाई कोरोनाबिरुद्धको खोपको लागि यथाशिघ्र उचित व्यवस्था मिलाउन, अस्थायी अस्पतालको समेत निर्माण गरी कोरोना संक्रमितको उपचारको लागि व्यवस्था मिलाउन तथा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, खोप तथा आवश्यक औषधीको सहजताको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहल गर्नुपर्छ भने ।

डिएलएले नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हकको कार्यान्वयन गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न आग्रह गरेको छ । यस्तै संक्रमित तथा संक्रमणको त्रासमा रहेका नागरिकको लागि मनोसामाजिक परामर्श तथा जनचेतनात्मक कार्यक्रमहरु ल्याउनुपर्ने, संक्रमण प्रभावित न्यून आय भएका, गरिब तथा असहाय, मजदुर, किसान, श्रमिकहरुको स्वास्थ्य तथा सामाजिक सुरक्षाको लागि बिशेष राहत कार्यक्रम ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमणको अवधि अनिश्चित रुपमा रहने भएकोले यस अवधिमा नागरिकहरुले दैनिक जिवनमा ब्यहोर्नु परेको असहज परिस्थतीलाई सहज, सरल र सामान्य बनाउनको लागि दिर्घकालिन तथा अल्पकालिन योजनाका साथ तत्काल कानुन निर्माण गर्नुपर्ने सस्थाको सुझाव छ ।

डिएलएले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सीमित साधन र श्रोतका बाबजुद पनि उच्च मनोबलका साथ खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, न्यायकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवकलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहनु भएका सबैप्रति सम्मान गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ३० बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक