ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध « Khabarhub

ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ । जिल्लाका दुई हिमालीबस्ती ओलाङचुङगोला र याङ्मामा अन्यत्रबाट आवात जावज गर्न तथा प्रवेशमा समेत पूर्ण निषेध गरिएको छ ।

फक्ताङलुङ गाउँपालिका ७ मा पर्ने ती बस्तीमा यही जेठ ७ गतेदेखि १५ गतेसम्म प्रवेशमा रोक लगाइएको वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।

उहाँले कोरोना सङ्क्रमण दिनानुदिन वृद्धि भएका अवस्थामा अहिलेसम्म सुरक्षित रहेका ती बस्तिमा मानिसको आवतजावत रोक्ने निर्णय भएको बताए । निषेधको खबर गाउँबस्तिमा गरिएको छ । स्थानीयवासीलाई बाहिरी मानिस नराख्न र स्वास्थ्यका मापदण्ड अपनाउन गाउँपालिकाले आह्वान गरेको छ ।

ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरी दुई दिन लाग्छ भने याङ्मा तीन दिन लाग्छ । ओलाङचुङगोलामा ५३ घरपरिवार रहेकाछन् भने याङ्मामा ११ परिवारको बसोबास छ । धनाबस्ति भएकाले एक जना मात्रै सङ्क्रमित भए पुरै बस्ती उच्च जोखिममा पर्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिइएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ०१ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा