महामारीमा उद्धार गर्दै पर्यटन बोर्ड « Khabarhub

महामारीमा उद्धार गर्दै पर्यटन बोर्ड


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारी नियन्त्रणका लागि मुलुकमा जारी निषेधाज्ञाका क्रममा नेपालका विभिन्न स्थानमा अड्किएका विदेशी नागरिकको उद्धार तथा समन्वयको काम गरिरहेको छ ।

विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरी बोर्डले मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरूप नेपाल आउने भारतीय यात्रुहरूको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजिकरण गरिरहेको छ ।

बोर्डले ‘ट्राभल लोकेटर’ मार्फत विदेशी नागरिकको विवरण सङ्कलन गरिरहेको छ । पर्यटकीय क्षेत्र तथा विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई सूचित गरी अनलाइन फारममार्फत विवरण सङ्कलन गरिरहेको छ । यसरी सङ्कलित विवरण सम्बन्धित मुलुकको दूतावासलाई जानकारी गराउने तथा दूतावासले मागेको खण्डमा पर्यटकको विवरण दिने गरेको बोर्डका निर्देशक मणि लामिछाने जानकारी दिए । उनका अनुसार यसबाट पर्यटक नेपालका कुन–कुन स्थानमा छन् भनेर लोकेसन पत्ता लगाउने र सोही आधारमा सम्बन्धित निकायलाई सूचित गरिएको छ ।

बोर्डले सञ्चालन गरेको ट्राभल लोकेटर हालसम्म ४४८ विदेशी नागरिक दर्ता छन् । उनीहरूमध्ये अमेरिकन ८२, भारतीय ५८, रसियन ३७, वेलायती २९, जर्मन २७, युक्रेनी २२, पाकिस्तानी १९, बङ्गाली १४ नागरिक छन् । त्यस्तै स्पेनी १४, स्वीस १२, क्यानेडियन नौ, नेदरल्याण्डका सात, रोमानियाका छ स्लोभाकियाका पाँच, बेलारुसका चार, अष्ट्रेलियाली र जापानी दुई नागरिक छन् ।

बोर्डले होटल क्वारेन्टिको व्यवस्थापनलागको विवरण तथा अन्य सम्बन्धित सूचना पनि उपलब्ध गराइएको र यसबाट पर्यटकले आफैँ पनि सेवा लिनसक्ने जनाएको छ । बोर्डले अहिले एयर बबल सम्झौताअनुसार नेपालमा आउने भारतीय नागरिक कुन होटलमा रहेका छन्, उनीहरूको अवस्था तथा दैनिक तीन पटकको तापक्रम परीक्षण गरेर मन्त्रालयलगायत सम्बन्धित निकायलाई जानकारी गराइने गरेको निर्देशक लामिछानेले बताए । विदेशीलाई घर फर्काउन काठमाडौँ बाहिरका विभिन्न स्थानमा रहेका विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फर्किन सहजिकरण गरिरहेको छ । अहिले विभिन्न मुलुकले नेपालमा अड्किएका नागरिकलाई चार्टर्ड उडानमार्फत घर फर्काइरहेका छन् ।

कोभिड–१९ महामारीको दोस्रो चरणको सङ्क्रमण बढ्दै जाँदा सरकारले गत वैशाख १६ देखि राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो ।

गृह मन्त्रालयको समन्वयमा बोर्डले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याउने काम गरेको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत वैशाख २१ को निर्णयअनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : १५ बजे

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ– तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको

पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो

काठमाडौं- उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक