जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस « Khabarhub

जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस


६ जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनको लागि संसदको अधिवेशन बोलाउने तयारी गरेका थिए ।

बिहीवारको बैठकमा ओलीले विश्वासको मत नलिई धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय सुनाएका थिए ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भए पनि प्रधानमन्त्रीले विश्वासको मत नलिई अल्पमतको सरकारले बजेट ल्याउन नमिल्ने बहस हुँदै आएको थियो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भर्खरै विश्वासको मत प्राप्त नभएर धारा ७३ को उपधारा ३ बमोजिम सरकार बनेकाले उपधारा ४ बमोजिम जाँदा पनि विश्वासको मत प्राप्त हुन आधार नभएकाले मार्ग प्रशस्त गर्न खोजिएका बताए ।

संसदको अधिवेशन बोलाउन सिफारिस गरेपनि बजेट कसरी ल्याउने भन्ने अन्योल कायमै रहेको देखिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : ५२ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब