कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम « Khabarhub

कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न छ अस्पताललाई कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रु दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत छ अस्पताललाई उक्त रकम उपलब्ध गराउने भएको हो ।

निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई रु २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई रु २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई रु ३० लाख, भक्तपुरको नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई रु ३५ लाख, काठमाडौँको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई रु एक करोड उपलब्ध गराइने छ ।

यसैगरी बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय गरेको छ ।

मनसुनबाट हुने क्षति रोकथाम एवं उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्रअन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको हो ।

समितिले प्रदेश विपद् व्यवस्थापन कोषमा रु १० करोड रकम थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विपद् व्यवस्थापन गर्न रु १० करोड बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : १५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार