अझै खुलेन कर्णाली राजमार्ग « Khabarhub

अझै खुलेन कर्णाली राजमार्ग


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु- लगातारको झरीले कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डका विभिन्न ठाउँमा गएको पहिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन ।

सो राजमार्गअन्तर्गत दैलेखका सियाला, किटुभिर, दहीखोला, घट्टेखोलालगायतका ठाँउमा परिरो झरेर सडक पुरिएको भए पनि पहिरो नहटाइँदा राजमार्ग सञ्चालना आउन सकेको छैन ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट खाद्यान्न लिएर गएका, यात्रुबाहक सवारी साधन र जुम्ला कालीकोट पु¥याएर सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारी साधन बाटोमै थुनिएका छन् भने यात्रा गर्ने सर्वसाधारण पैदलयात्रा गर्न बाध्य भएका छन् ।

सवारी साधन चल्न नसक्दा दैलेख, कालीकोटलगायतका सर्वसाधरणलाई पैदल हिँड्नुपर्ने बाध्यता आएको हो । राजमार्ग अवरुद्ध हुँदा लामो समय  पैदल हिँडेर आफ्नो गन्तव्यमा पुग्नुपर्ने बाध्यता आएपछि सर्वसाधारणलाई निकै सास्ती भएको छ ।

अचानक कोही बिरामी परे उपचारका लागि कसरी सुर्खेत तथा बाहिर जिल्ला लैजाने भन्ने कुराले सताएको  स्थानीयवासी भीम बुढाले चिन्ता व्यक्त गरे । एक हप्तादेखि राजमार्ग अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले चासो नदिँदा बिरामी परे अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको उनले गुनासो गरे ।

अहिले राजमार्ग आसपासमा बसोबास गर्ने सबैलाई यो कुराको चिन्ताले भित्रभित्रै पिरोलेको छ । बारम्बार सडक निर्माण गरे पनि वर्षाले पहिरो गइरहने हुँदा राजमार्ग सञ्चालन गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

घट्टेखोलामा ठूलो पहिरो आउँदा समय लाग्ने र छिनछिनमा राजमार्गका विभिन्न ठाउँमा पहिरो झरिहाल्ने गरेकाले सडक सञ्चालनमा समस्या नै आएको उनको भनाइ छ ।

यस्तै दैलेखका दर्जनौँ ग्रामीण सडक पनि अविरल वर्षाका कारण अवरुद्ध भएका छन् । जिल्लाका ११ स्थानीय तहका केन्द्रमा पुग्ने सबै सडक अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा पालिका केन्द्र र जिल्ला सदरमुकाम आउजाउमा निकै सास्ती भएको छ । सवारी साधन नचल्दा बिरामीलाई समेत अस्पताल लैजान समस्या भएको छ ।

कच्ची सडकको निर्माण गरे पनि पक्की बनाउन सरोकारवाला निकायले पहलकदमी नगर्दा सबै सडक खोल्सीमा परिणत हुन पुगेको स्थानीयवासी बताउँछन् । वर्षाका कारण दैलेखका करिब एक दर्जन सडक खोल्सीमा परिणत हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ३३ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ