अझै खुलेन कर्णाली राजमार्ग « Khabarhub

अझै खुलेन कर्णाली राजमार्ग


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु- लगातारको झरीले कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डका विभिन्न ठाउँमा गएको पहिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन ।

सो राजमार्गअन्तर्गत दैलेखका सियाला, किटुभिर, दहीखोला, घट्टेखोलालगायतका ठाँउमा परिरो झरेर सडक पुरिएको भए पनि पहिरो नहटाइँदा राजमार्ग सञ्चालना आउन सकेको छैन ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट खाद्यान्न लिएर गएका, यात्रुबाहक सवारी साधन र जुम्ला कालीकोट पु¥याएर सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारी साधन बाटोमै थुनिएका छन् भने यात्रा गर्ने सर्वसाधारण पैदलयात्रा गर्न बाध्य भएका छन् ।

सवारी साधन चल्न नसक्दा दैलेख, कालीकोटलगायतका सर्वसाधरणलाई पैदल हिँड्नुपर्ने बाध्यता आएको हो । राजमार्ग अवरुद्ध हुँदा लामो समय  पैदल हिँडेर आफ्नो गन्तव्यमा पुग्नुपर्ने बाध्यता आएपछि सर्वसाधारणलाई निकै सास्ती भएको छ ।

अचानक कोही बिरामी परे उपचारका लागि कसरी सुर्खेत तथा बाहिर जिल्ला लैजाने भन्ने कुराले सताएको  स्थानीयवासी भीम बुढाले चिन्ता व्यक्त गरे । एक हप्तादेखि राजमार्ग अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले चासो नदिँदा बिरामी परे अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको उनले गुनासो गरे ।

अहिले राजमार्ग आसपासमा बसोबास गर्ने सबैलाई यो कुराको चिन्ताले भित्रभित्रै पिरोलेको छ । बारम्बार सडक निर्माण गरे पनि वर्षाले पहिरो गइरहने हुँदा राजमार्ग सञ्चालन गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

घट्टेखोलामा ठूलो पहिरो आउँदा समय लाग्ने र छिनछिनमा राजमार्गका विभिन्न ठाउँमा पहिरो झरिहाल्ने गरेकाले सडक सञ्चालनमा समस्या नै आएको उनको भनाइ छ ।

यस्तै दैलेखका दर्जनौँ ग्रामीण सडक पनि अविरल वर्षाका कारण अवरुद्ध भएका छन् । जिल्लाका ११ स्थानीय तहका केन्द्रमा पुग्ने सबै सडक अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा पालिका केन्द्र र जिल्ला सदरमुकाम आउजाउमा निकै सास्ती भएको छ । सवारी साधन नचल्दा बिरामीलाई समेत अस्पताल लैजान समस्या भएको छ ।

कच्ची सडकको निर्माण गरे पनि पक्की बनाउन सरोकारवाला निकायले पहलकदमी नगर्दा सबै सडक खोल्सीमा परिणत हुन पुगेको स्थानीयवासी बताउँछन् । वर्षाका कारण दैलेखका करिब एक दर्जन सडक खोल्सीमा परिणत हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ३३ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको