काठमाडौँ- कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति बनेका छन् । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।
रईसी इरानका वरिष्ठ न्यायधीश पनि हुन् । अत्यन्तै रुढीवादी बिचारधाराका मानिने रईसीलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ ।
राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइन्छ ।
सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए ।
इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी छन् । रईसीले अगष्टको पहिलो साता कार्यभार सम्हाल्नेछन् ।
प्रतिक्रिया