कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति निर्वाचित « Khabarhub

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति निर्वाचित


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति बनेका छन्  । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।

रईसी इरानका वरिष्ठ न्यायधीश पनि हुन् । अत्यन्तै रुढीवादी बिचारधाराका मानिने रईसीलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइन्छ ।

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए ।

इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी छन् । रईसीले अगष्टको पहिलो साता कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ४५ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती