कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति निर्वाचित « Khabarhub

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति निर्वाचित


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति बनेका छन्  । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।

रईसी इरानका वरिष्ठ न्यायधीश पनि हुन् । अत्यन्तै रुढीवादी बिचारधाराका मानिने रईसीलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइन्छ ।

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए ।

इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी छन् । रईसीले अगष्टको पहिलो साता कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ४५ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक