भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु | Khabarhub Khabarhub

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको हेलिकप्टरमार्फत उद्धार

प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ ।

गाउँ नजीकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १२ : १४ बजे

समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र