पर्यटनमन्त्री अरगरियाद्वारा पशुपति क्षेत्रको निरीक्षण, राम मन्दिरको शिलान्याश « Khabarhub

पर्यटनमन्त्री अरगरियाद्वारा पशुपति क्षेत्रको निरीक्षण, राम मन्दिरको शिलान्याश


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका छन् ।

कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया आइतबार बिहान कार्यकारी निर्देशक डा घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले पशुपति नाथ मन्दिरको दर्शन पनि गरेका छन् ।

यसक्रममा उनले पशुपति परिसरभित्रै रहेको राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश पनि गरे । भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम शुरू भएको छ । ७ करोड लगानीमा आगामी साढे दुई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण शुरू भएको हो ।

शिलान्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए ।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए ।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो ।

शिलान्याश कार्यक्रममा सदस्य सचिव ढकालले मन्दिर निर्माणको काम समयमै सकिने बताए । कार्यक्रममा जसपाका युवा नेता मनिष मिश्रा, कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  २ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै