सभापतिमा फेरि आफूलाई निर्वाचित गराउन देउवाको आग्रह « Khabarhub

सभापतिमा फेरि आफूलाई निर्वाचित गराउन देउवाको आग्रह



काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा आज बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू फेरि सभापति पदको उम्मेदवार बन्ने बताएको नेता भीमसेनदास प्रधानले जानकारी दिए ।

सभापति देउवाको भनाइ उद्धृत गर्दै नेता प्रधानले वर्तमान उपसभापतिलाई आफुले उत्तराधिकारीका रुपमा लिएको भए पनि आफू अन्तिमपटक लड्ने बताएको जानकारी दिए ।

छलफलमा नेता प्रधानले कृष्णप्रसाद सिटौलाको उचित व्यवस्थापन नगरे आगामी महाविधेशन जित्न समस्या हुने बताएको जनाएका छन् । बैठकमा आफूले भनेको एजेण्डाबारे जानकारी दिँदै नेता प्रधानले भने, ‘कृष्ण सिटौला दाइले अघिल्लो महाधिवेशनमा सहयोग गरेको हो । अब कृष्ण सिटौलाको सहयोग लिने हो भने कसरी जाने भन्ने विषयमा छलफल गर्नुपर्छ ।’

आगामी चुनावका लागि सिटौलाको नेतृत्व आवश्यक रहेको भन्दै नेता प्रधानले सभापति देउवालाई दिएको सुझावबारे भने, ‘सिटौलाजीलाई चुनावको कमाण्डर बनाएर हुन्छ कि कार्यबाहक सभापति दिएर हुन्छ वा अरु के के गरेर हुन्छ सहकार्य गरौं ।’ जवाफमा सभापति देउवाले भने मुलुकलाई सहज बाटोमा लगेर आफूले कांग्रेसको नेतृत्व छाड्ने बताएको नेता प्रधानले जानकारी दिए । देउवाको भनाइ उदृत गर्दै उनले भने, ‘सभापतिले म फेरि पनि उठ्छु । अन्तिम पटक म लड्छु । मुलुकलाई सहज बाटोमा लगेर मात्रै नेतृत्व छाड्छु ।’

सभापति देउवासँगको छलफलका क्रममा नेता शंकर भण्डारीले भने कांग्रेसले आगामी महाधिवेशनबाट हिन्दु राष्ट्रको एजेण्डा बोक्नुपर्ने सुझाव दिएका छन् । आफूले दिएको सुझावबारे नेता भण्डारीले भने, ‘मैले सभापतिजीलाई कांग्रेसले आफ्नो सिद्धान्त हिन्दु राष्ट्र हुनुपर्छ । ६० प्रतिशत इस्लाम जनसंख्या रहेको मलेसिया इस्लाम राष्ट्रका रुपमा रहेको तर नेपालमा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेका कारण नेपाल हिन्दु राष्ट्र हुनुपर्ने सिद्धान्त कांग्रेसको हुनुपर्छ ।’

जवाफमा सभापति देउवाले भने नेपालको संविधानभन्दा बाहिर कांग्रेस जान नसक्ने बताएको नेता भण्डारीले जानकारी दिए । सभापति देउवाको जवाफ उद्धृत गर्दै नेता भण्डारीले भने, ‘हिन्दु राष्ट्रको एजेण्डाबारे सभापतिले संविधानभन्दा बाहिर जान सकिन्न । हामीलाई सबैको सहयोग चाहिन्छ भन्नुभयो ।’

सभापति देउवाले यसअघि पनि आफू पक्षका केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेका थिए । देउवाले आफू फेरि पनि सभापतिको उम्मेदवार बन्ने बताएका थिए । देउवाले तोकिएको मितिमा महाधिवेशन गर्ने समेत बताएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  २ : ४८ बजे

एपस्टीन फाइल्स : १० देशमा उच्च पदस्थको राजीनामा, ८० बढी शक्तिशाली व्यक्ति छानबिनमा तानिँदै

न्यूयोर्क- अमेरिका स्थित यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित गोप्य दस्तावेज

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा

टेलिकमलको जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले ग्राहक विवरण (केवाईसी-नो इयोर

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी