सभापतिमा फेरि आफूलाई निर्वाचित गराउन देउवाको आग्रह | Khabarhub Khabarhub

सभापतिमा फेरि आफूलाई निर्वाचित गराउन देउवाको आग्रह



काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा आज बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू फेरि सभापति पदको उम्मेदवार बन्ने बताएको नेता भीमसेनदास प्रधानले जानकारी दिए ।

सभापति देउवाको भनाइ उद्धृत गर्दै नेता प्रधानले वर्तमान उपसभापतिलाई आफुले उत्तराधिकारीका रुपमा लिएको भए पनि आफू अन्तिमपटक लड्ने बताएको जानकारी दिए ।

छलफलमा नेता प्रधानले कृष्णप्रसाद सिटौलाको उचित व्यवस्थापन नगरे आगामी महाविधेशन जित्न समस्या हुने बताएको जनाएका छन् । बैठकमा आफूले भनेको एजेण्डाबारे जानकारी दिँदै नेता प्रधानले भने, ‘कृष्ण सिटौला दाइले अघिल्लो महाधिवेशनमा सहयोग गरेको हो । अब कृष्ण सिटौलाको सहयोग लिने हो भने कसरी जाने भन्ने विषयमा छलफल गर्नुपर्छ ।’

आगामी चुनावका लागि सिटौलाको नेतृत्व आवश्यक रहेको भन्दै नेता प्रधानले सभापति देउवालाई दिएको सुझावबारे भने, ‘सिटौलाजीलाई चुनावको कमाण्डर बनाएर हुन्छ कि कार्यबाहक सभापति दिएर हुन्छ वा अरु के के गरेर हुन्छ सहकार्य गरौं ।’ जवाफमा सभापति देउवाले भने मुलुकलाई सहज बाटोमा लगेर आफूले कांग्रेसको नेतृत्व छाड्ने बताएको नेता प्रधानले जानकारी दिए । देउवाको भनाइ उदृत गर्दै उनले भने, ‘सभापतिले म फेरि पनि उठ्छु । अन्तिम पटक म लड्छु । मुलुकलाई सहज बाटोमा लगेर मात्रै नेतृत्व छाड्छु ।’

सभापति देउवासँगको छलफलका क्रममा नेता शंकर भण्डारीले भने कांग्रेसले आगामी महाधिवेशनबाट हिन्दु राष्ट्रको एजेण्डा बोक्नुपर्ने सुझाव दिएका छन् । आफूले दिएको सुझावबारे नेता भण्डारीले भने, ‘मैले सभापतिजीलाई कांग्रेसले आफ्नो सिद्धान्त हिन्दु राष्ट्र हुनुपर्छ । ६० प्रतिशत इस्लाम जनसंख्या रहेको मलेसिया इस्लाम राष्ट्रका रुपमा रहेको तर नेपालमा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेका कारण नेपाल हिन्दु राष्ट्र हुनुपर्ने सिद्धान्त कांग्रेसको हुनुपर्छ ।’

जवाफमा सभापति देउवाले भने नेपालको संविधानभन्दा बाहिर कांग्रेस जान नसक्ने बताएको नेता भण्डारीले जानकारी दिए । सभापति देउवाको जवाफ उद्धृत गर्दै नेता भण्डारीले भने, ‘हिन्दु राष्ट्रको एजेण्डाबारे सभापतिले संविधानभन्दा बाहिर जान सकिन्न । हामीलाई सबैको सहयोग चाहिन्छ भन्नुभयो ।’

सभापति देउवाले यसअघि पनि आफू पक्षका केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेका थिए । देउवाले आफू फेरि पनि सभापतिको उम्मेदवार बन्ने बताएका थिए । देउवाले तोकिएको मितिमा महाधिवेशन गर्ने समेत बताएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  २ : ४८ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा