झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो « Khabarhub

झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ । स्वास्थ्यमा सुधार आएसँगै खनाललाई अहिले अक्सिजन सर्पोट निकालेर उपचार थालिएको छ ।

‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भने ।

पूर्वप्रधानमन्त्री खनालसँग आफूले प्रत्यक्ष भिडियो कुराकानी गरेको उनले जानकारी दिए । साथै उनले खनालको स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ४५ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले