झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो « Khabarhub

झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ । स्वास्थ्यमा सुधार आएसँगै खनाललाई अहिले अक्सिजन सर्पोट निकालेर उपचार थालिएको छ ।

‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भने ।

पूर्वप्रधानमन्त्री खनालसँग आफूले प्रत्यक्ष भिडियो कुराकानी गरेको उनले जानकारी दिए । साथै उनले खनालको स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना