‘हाम्रो टिम’ र अनामनगरबासीबीच विवाद, सार्वजनिक जग्गा कब्जा गर्न खोजेको स्थानीयको आरोप « Khabarhub

‘हाम्रो टिम’ र अनामनगरबासीबीच विवाद, सार्वजनिक जग्गा कब्जा गर्न खोजेको स्थानीयको आरोप


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नम्बर – २९ अनामनगरमा रहेको सार्वजनिक जग्गा ‘हाम्रो टिम’ नामक सामाजिक संस्थाले जबरजस्ती कब्जा गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

एक वर्षदेखि लकडाउनको समस्यामा परेकालाई खाना खुवाउने काम गरिरहेको हाम्रो टिमलाई सामाजिक कामका लागि प्रयोग गर्न सो जग्गा दिएको र अहिले छोड्न नमानेको स्थानीयको आरोप छ । संस्थाले सार्वजनिक जग्गामा पार्क बनाउन समेत अवरोध गर्नुका साथै स्थानीयको घर घेराउ गर्ने जस्ता कार्य गर्न खोजेको उनीहरुले बताएका छन् ।

स्थानीय क्लबले सञ्चालन गरिरहेको सो सार्वजिनिक जग्गामा सार्वजनिक काम गर्न आफूहरुलाई आपत्ति नरहेको तर स्थानीयलाई धम्काउने र जग्गा कब्जा गर्ने कार्य आफूहरुलाई स्वीकार्य नभएको सामाजिक विकास समाज अनामनगरका महासचिव रैका मगरले जानकारी दिए ।

यता हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले काठमाडौँ महानगर र स्थानीयसँगको अनुमतिमा नै निर्माण गरिएको बताए । उनले पार्क बनाउनका लागि आफूहरुलाई हटाउन खोजेको भन्दै आपत्ति जनाए । उनले आफूहरुलाई हटाउनका लागि सुनियोजित योजना बनाइएको आरोप लगाए ।

पन्तले आफूहरुले पार्क बनाउन ठाँउ छाड्ने र खाद्यान्न तथा लत्ताकपडा राख्न ठाँउ दिनुपर्ने माग गरे ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ३० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने