अझै तीन दिन मौसम सुधार नहुने | Khabarhub Khabarhub

अझै तीन दिन मौसम सुधार नहुने


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी द‍िए ।

देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णालीमा धेरै र देशका पहाडी भु–भागका केही स्थानहरुमा हल्का वर्षा भएको श्रेष्ठले बताए । तीन दिनसम्म मेघगर्जन/चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

उनले अहिले वर्षायाम भएकाले सबै क्षेत्रमा हुने जोखिमलाई मध्यनजर गर्दै सर्तक हुनुपर्ने बताए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ४५ बजे

प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा

अन्तरिक्षसम्बन्धी नियमहरू सजिलो बनाउन ट्रम्पको आदेश

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना पूर्वसल्लाहकार एलन मस्कलाई

रविलाई राखिएको कोठामा प्लाइ हटाएर जाली राखियो 

काठमाडौं– कारागार कार्यालय रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले