१ हजार १२१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१ हजार १२१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १२१ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ८७१ कोरोना संक्रमितको आईसीयूमा र २५० को भेन्टिलेटरमा गरी कुल १ हजार १२१ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १५२ जना आईसीयूमा र ४९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३७ आईसीयूमा र २ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४८४ जना आईसीयूमा र १५२ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८१ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा, कर्णालीमा १५ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २५ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ०१ बजे

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही