नक्कली पास बनाइ निषेधाज्ञा उल्लंघन गरेको आरोपमा ४ जना पक्राउ « Khabarhub

नक्कली पास बनाइ निषेधाज्ञा उल्लंघन गरेको आरोपमा ४ जना पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देही प्रहरीले सार्वजनिक यातायातको नक्कली पास बनाई निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

वैशाख १६ गतेदेखि जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गरेको भन्दै प्रहरीले ४ जनालाई बुटवलबाट पक्राउ गरि कारबाही गरेको हो ।

असार ४ गते बुटवलमा सवारी लिई हिँड्ने, नक्कली पास बनाई बेच्ने र सो कार्य गर्न सहयोग गरेको भन्दै गुल्मी धुर्कोट नगरपालिका वडा नं.७ स्थाई घर भई हाल बुटवल बस्ने बर्ष २७ का बिनोद घिमिरे, बुटवल वडा नं.११ बस्ने बर्ष ५३ का रोलक बहादुर बुढाक्षेत्री , वडा नं.१२ बस्ने बर्ष ३९ का मनोज गैह्रे र गुल्मी मुसिकोट नगरपालिका वडा नं.७ बस्ने बर्ष २७ का विपिन काफ्लेलाई पक्राउ गरेको हो ।

उनीहरुलाई कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेको पाइएकोले सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम कारबाही गरिएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले घिमिरे, बुढाक्षेत्री र काफ्लेलाई जनही रु.५० हजार जरिवाना र गैह्रेलाई रु.५ हजार जरिवाना तोकी जरिवाना वापतको १ लाख ५५ हजार दाखिला गराई छाडेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ५६ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ