मनाङेले भेटे प्रचण्ड र बाबुराम भट्टराईलाई, सत्तारुढ गठबन्धनको विषयमा छलफल « Khabarhub

मनाङेले भेटे प्रचण्ड र बाबुराम भट्टराईलाई, सत्तारुढ गठबन्धनको विषयमा छलफल


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङे विपक्षी गठबन्धनका शीर्ष नेताहरूसँगको भेटघाटमा व्यस्त भएका छन् ।

पोखराबाट काठमाडौँ आएका मनाङेले शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

खुमलटारस्थित निवासमै पुगेर उनले प्रचण्डलाई भेटेका मनाङेले आज (आइतबार) जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

प्रचण्ड, उनकी छोरी गंगा दाहाल र मनाङेको तस्वीर आइतबार मनाङेका सहयोगीले फेसबुकमा राखेका छन् ।

मनाङेले दुवै नेतासँग गण्डी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको बताएका छन् ।

त्यस्तै भट्टराईसँगको कुराकानीमा आउँदो चुनाव जनता समाजवादी पार्टीसँग मिलेर लड्ने विषयमा छलफल भएको मनाङेले बताए ।

एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए । पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ ।

प्रचण्डलाई भेट्न मनाङे अर्जेन्टिनाको जर्सी लगाएर खुमलटारस्थित उनको निवासमा पुगेका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ३६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन