मनाङेले भेटे प्रचण्ड र बाबुराम भट्टराईलाई, सत्तारुढ गठबन्धनको विषयमा छलफल « Khabarhub

मनाङेले भेटे प्रचण्ड र बाबुराम भट्टराईलाई, सत्तारुढ गठबन्धनको विषयमा छलफल


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङे विपक्षी गठबन्धनका शीर्ष नेताहरूसँगको भेटघाटमा व्यस्त भएका छन् ।

पोखराबाट काठमाडौँ आएका मनाङेले शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

खुमलटारस्थित निवासमै पुगेर उनले प्रचण्डलाई भेटेका मनाङेले आज (आइतबार) जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

प्रचण्ड, उनकी छोरी गंगा दाहाल र मनाङेको तस्वीर आइतबार मनाङेका सहयोगीले फेसबुकमा राखेका छन् ।

मनाङेले दुवै नेतासँग गण्डी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको बताएका छन् ।

त्यस्तै भट्टराईसँगको कुराकानीमा आउँदो चुनाव जनता समाजवादी पार्टीसँग मिलेर लड्ने विषयमा छलफल भएको मनाङेले बताए ।

एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए । पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ ।

प्रचण्डलाई भेट्न मनाङे अर्जेन्टिनाको जर्सी लगाएर खुमलटारस्थित उनको निवासमा पुगेका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ३६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु